१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको शीर उँचो हुनेगरी खेल्नुस्– खेलकुदमन्त्री चौधरी



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले तीन करोड जनता र युवाहरूको प्रतिनिधित्व गरेर जाने भएकाले नेपाली राष्ट्रिय फुटबल टोलीलाई राष्ट्रको शीर उचो हुने तवरबाट उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गर्नुभएको छ ।

एएफसी एशियन कप छनोट तेस्रो चरण २०२७ को दोस्रो खेल खेल्न जाने नेपाली टोलीको बिदाईका अवसरमा सम्पूर्ण देशवाशीको भरोसाअनुरूप उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिनुभएको हो ।

नेपालले छनोटको दोस्रो खेलमा आगामी जुन १० मा लाओसविरुद्ध खेल्दैछ । सोही खेलको तयारी स्वरूप नेपाली टोलीले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने तालिकामा छ । उक्त खेलका लागि आयोजना भएको बिदाइ कार्यक्रममा मन्त्री चौधरीले नेपाली खेलाडीलाई दिने सेवासुविधा बढ्दै गएको दाबी पनि गर्नुभयो । यसपल्ट आएको खेलकुद बजेट पनि वृद्धि हुनु सुखद् पक्ष रहेको उहाँको भनाइ छ । मन्त्री चौधरीले रंगशाला निर्माणमा बजेट पनि छुट्याइएको बताउनु भयो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा सोमवार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र एन्फाका महासचिव किरण राईले नेपाली फुटबल टोलीलाई बिदाइ गर्नुभयो । सो अवसरमा राईले अहिले फरक ढंगले नेपाली फुटबलको विकास भइरहेको दाबी गर्नुभयो । नेपाली खेलाडीको काँधमा गम्भीर जिम्मेवारी पनि रहेको उहाँले औंल्याउनु भयो । राष्ट्रिय टोलीले पनि सकरात्मक नतिजा दिइरहे पनि त्यो पर्याप्त नभएको उल्लेख गर्दै इख राखेर खेल्न एन्फा महासचिव राईले सुझाव दिनुभयो ।

नेपाली राष्ट्रिय टोली मंगलवार हङकङ जाने कार्यक्रम छ । मुख्य प्रशिक्षक म्याट रसले यसअघि नै गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोली घोषणा गरिसकेका छन् । मिडफिल्डरद्वय कुशल देउवा र सृजनराज गौतमले पहिलोपल्ट राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । नेपालले आगामी बिहीबार हङकङसँग मेत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि जेठ २७ गते छनोटमा लाओसको सामना गर्नेछ । किरण चेम्जोङको कप्तानीमा रहेको नेपाली टोलीमा गोलकिपरहरू दीप कार्की र विशाल सुनार, रोहित चन्द, जिलेस्पीजंग कार्की, अनन्त तामाङ, अञ्जन विष्ट, अभिषेक लिम्बु, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, कृतिशरत्न छिन्जु, कुशल देउवा, मणिकुमार लामा, मनीष डाँगी, लाकेन लिम्बु, रोहन कार्की, सनिष श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुवास बम ठकुरी, योगेश गुरुङ र सुमीत श्रेष्ठ छन् ।




भर्खरै