काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल जनप्रतिनिधिहरुलाई निष्प्रभावी बनाउने काममा लाग्नुभएको आरोप लगाउनुभएको छ ।
संसदीय दलको बैठकमा सोमवार बानेश्वरमा सांसदहरुलाई प्रशिक्षित गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले मंगलवार संसद सञ्चालन गरौँ भनेर अध्यक्ष दाहालसँग सम्पर्क गर्न खोजे पनि दाहाल भागिरहेको बताउनु भयो । उहाँले थाहा हुँदा हुँदै पनि अध्यक्ष दाहाल सम्पर्कबाट तर्किरहनुभएको जिकिर गर्नुभयो । उहाँले प्रतिपक्ष दलहरु संसद अवरुद्ध गर्ने मनोभावमै रहेको बताउँदै संसद यस्ता नचाहिने कुरामा संसदको कारबाही रोक्न नहुने बताउनु भयो । उहाँँले विकासको गतिलिाई अवरुद्ध गर्ने खालका काम, जनप्रतिनिधिहरुलाई निष्प्रभावी बनाउने काम, असफल बनाउने काम निरर्थक ढंगले भइरहेको बताउनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘भोलि संसद चलाउँ भनेर मैले प्रचण्डजीसँग पनि कुरा गर्न खोजेँ । हामी लिडरहरुको बीचमा अलिकति छलफलहरु पनि गरौँ भनेर । उहाँ सम्पर्क आउन चाहि रहनुभएको छैन । उहाँलाई थाहा नभएको होइन, उहाँलाई धेरैतिरबाट खोजि गर्दा पनि फेला पर्नुभएको छैन । उहाँहरु कुरा नगर्ने, बन्द गर्ने मुडमा हुनुहुन्छ होला । संसद यस्ता नचाहिने कुरामा संसदको कारबाही रोकेर, देशको, विकासको गतिलिाई अवरुद्ध गर्ने खालका काम, जनप्रतिनिधिहरुलाई निष्प्रभावी बनाउने काम, असफल बनाउने काम निरर्थक ढंगले भइरहेको छ ।’
अध्यक्ष ओलीले यस्ता नचाहिने कामहरु रोक्न जरुरी रहेको बताउनु भयो ।









