२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलिया–इङल्यान्ड एसेजः सिड्नी टेस्टमा रोमाञ्चक बराबरी



अ+ अ-

सिड्नीः अस्ट्रेलिया र इङ्ल्यान्डबीच सिड्नी रंगशालामा आयोजित चौथो टेस्ट खेल रोमाञ्चक रुपमा बराबरी (ड्र) भएको छ ।

खेलको पाँचौं दिनको खेल समाप्त हुँदा अस्ट्रेलियालाई जितका लागि १ विकेट आवश्यक थियो भने इङ्ल्यान्डका लागि ११० रन आवश्यक थियो ।

निकै दबाबमा परेको इङ्ल्यान्डका ब्याट्सम्यानले अस्ट्रेलियाली बलिङ आक्रमण झेल्न निकै संघर्ष गर्नु परेको थियो ।

इङ्ल्यान्डलाई जितका लागि अस्ट्रेलियाले ३८८ रनको चुनौती दिएको थियो । यस एसेज टेस्ट शृंखलामा लगातार तीन खेल हारेर शृंखला गुमाइसकेको इङ्ल्यान्डले चौथो टेस्टमा पनि खासै राम्रो प्रदर्शन गरेको थिएन ।

तथापी दोस्रो इनिङमा इङ्ल्यान्डका लागि ज्याक क्रलीले ७७, बेन स्टोक्सले ६०, जोनी बेयरस्टले ४१ रनको योगदान गरेका थिए । साथै पहिलो इनिङमा जोनी बेयरस्टले ११३ रनको आकर्षक पाली खेलेर टिमलाई सम्मानजनक अवस्थामा ल्याएका थिए ।

खेलको अन्त्यतिर आएका स्टुआर्ट ब्रोडले ३५ बलको सामना गरेर ८ रन बनाएर खेललाई बराबरीमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनका साथी जेम्स एन्डरसनले पनि ६ बल झेलेका थिए ।

र अन्त्यमा इङ्ल्यान्डले ९ विकेटको क्षतिमा २७० रन बनाएको थियो ।

अस्ट्रेलियाले पहिलो इनिङमा ४१६ तथा दोस्रो इनिङमा २६५ रन बनाएको थियो । इङ्ल्यान्डले भने पहिलो इनिङमा २९४ बनाएको थियो । एपी