३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्कृति मास्न सरकार नै उद्धत रहेको सस्कृतिविद्को गुनासो



अ+ अ-

काठमाडौं । संस्कृतिविद्हरुले संस्कार र संस्कृति मास्न सरकार नै उद्धत रहेको आरोप लगाएका छन् ।

पं. नवराज पौडेलको १०५औं जन्मजयन्तीको अवसरमा पं. नवराज शारदा स्मृति समाजले आयोजना गरेको ‘सामाजिक संस्कार, संस्कृति’ विषयक कार्यक्रमका वक्ताहरुले संस्कृति संरक्षण गर्न भन्दा मास्न सरकार नै सक्रिय रहेको बताएका हुन् ।

उनीहरुले हाम्रा चलिरहेका संस्कार, संस्कृति कर्मकाण्ड, परम्परालाई समय सापेक्ष र परिस्कृत बनाउँदै लैजानुपर्ने बताए । ‘हाल चलिरहेको विधि विधान निकै वैज्ञानिक छ,’ उनीहरुले भने ।

कार्यक्रममा सहप्राध्यापक डा. बिनुवाबा अर्याल, सस्कृतिविद् बेदप्रसाद पन्त, डा बद्री पोखरेल, हरिहर प्रदीप घिमिरेले धर्म र संस्कारले विज्ञान, विधि र विज्ञ जन्माउने भन्दै यसका सकारात्मक रुपमा ग्रहण गर्नुपर्ने बताउनुभयो । ‘पछिल्लो पुस्ताले संस्कार र संस्कृति  भुल्दै गएको छ,’ उहाँले भन्नुभयो, ‘शिक्षा नीतिले संस्कार र संस्कृतिप्रति पुरै उपेक्षा गरेको शिक्षा नीतिमा सुधार गर्नुपर्छ  ।’

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ३१  अध्यक्ष सरोज ढकालले जन्मदेखि मुत्युसम्मका संस्कारहरु समय सापेक्षरुपमा सुधार गर्न बहस चलाउनुपर्ने बताउनुभयो । ‘अग्रजहरुले अगुवाई गरेर समय सापेक्षरुपमा सुधार गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

कार्यक्रमा समाजका अध्यक्ष निर्मलराज पौडेलले संस्थाले यस विषयमा निरन्तर बहस र छलफल सञ्चालन गर्ने जानकारी दिनुभयो ।