८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

कांग्रेस-एमालेसहितको गठबन्धन प्रति चिनियाँ सरकार सकारात्मक: मन्त्री भण्डारी

कांग्रेस-एमालेसहितको गठबन्धन प्रति चिनियाँ सरकार सकारात्मक: मन्त्री भण्डारी
अ+ अ-

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कांग्रेस–एमालेसहितको गठबन्धनप्रति चिनियाँ सरकार सकारात्मक रहेको र खुसी व्यक्त गरेको बताउनु भएको छ ।

आज (सोमबार) पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहितको टोली चीनको १० दिने भ्रमण सकाएर स्वदेश फिर्ता हुने क्रममा भ्रमण टोलीमा रहनु भएका मन्त्री भण्डारीले यस्तो जानकारी दिनु भएको हो । मन्त्री भण्डारीले दुई ठूला दल सम्मिलित कांग्रेस–एमालेसहितको स्थायी सरकारले मात्रै आजको अभिभार पूरा हुनसक्ने कुरामा चिनियाँ पक्षको धारणा रहेको बताए ।

मन्त्री भण्डारीकाअनुसार भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपति हान चेङ, सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ लगायत उच्चपदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्नुभएको थियो । भ्रमणका क्रममा चीन–नेपालबीचको द्विपक्षीय सहयोग आदानप्रदान, सांस्कृति सम्बन्ध, अर्थ कुटनीति लगायतका विषयमा छलफल भएको मन्त्री भण्डारीले बताउनु भयो । उहाँले चीन–नेपालबीचमा विगतमा भएका समझदारी एवं सम्झौता कार्यान्वयनका विषयमा पनि छलफल भएको तथा चिनियाँ पक्षले विगतमा भएका समझदारी कार्यान्वयनका लागि प्रतिवद्धता व्यक्त गर्नुभयो जानकारी दिनुभयो ।

मन्त्री भण्डारीले भन्नुभयो, ‘सम्माननीय पूर्वराष्ट्रपतिज्युले सभामा मुख्य वक्ताको रुपमा सम्बोधन गर्नुभयो । हाम्रा साझा भावहरु अन्तर्राष्ट्रिय समूदायमा सम्प्रेषण गर्ने एउटा महत्वपूर्ण फोरमको रुपमा रह्यो । त्यसैगरी चिनियाँ पक्षबाट सम्माननीय पूर्वराष्ट्रपतिज्यूलाई न्यानो आथित्यतासहितको उच्चस्तरको भेटवार्ता पनि भयो । चीनका उपराष्ट्रपतिज्यू, चिनियाँ कँग्रेसका उपाध्यक्षज्यु, चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका विभाग प्रमुखज्यु लगायत उच्चपदस्थ अधिकारीहरुसँग भेटवार्ताहरु भयो । खासगरी नेपाल–चीनबीचको पुरानो सम्बन्ध र मित्रतालाई अझ सुदृढ गर्ने र कतिपय हाम्रा दुई देशबीचका साझा मान्यताहरु, समझदारी र सम्झौताहरु समेत पुर्नताजगि गर्ने भ्रमणका रुपमा रह्यो । यसले हाम्रा सांस्कृतिक सम्बन्ध, आर्थिक कुटनीतिहरुका विषयमा समेत छलफल आदान प्रदान भयो । विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्ने विषयमा समेत प्रतिवद्धता व्यक्त भएको छ ।’

मन्त्री भण्डारीले भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ मजबुद बनाएको बताउनु भयो ।उहाँले विकास र दुई पक्षीय हितसँग जोडिएका कतिपय सन्दर्भहरुलाई आफूहरुले विभिन्न फोरमहरुमा स्पष्टताको साथमा राखेको पनि बताउनु भयो ।