• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

उत्तरपश्चिम नाइजेरियामा डाकाको आक्रमणमा २०० मृत्यु



उत्तरपश्चिमी नाइजेरियाको जाम्फारा राज्यमा सशस्त्र डाकाहरूले गरेको आक्रमणमा करिब २०० व्यक्तिको मृत्यु भएको अनुमान गरिएको छ ।  गत साता तिनीहरूको लुक्ने ठाउँमा सेनाले हवाई आक्रमण गरेपछि डाकाहरुले आक्रमण गरेको स्थानीय बासिन्दाले बताएका छन् । 

राज्य सरकारले सामूहिक आक्रमणमा ५८ जनाको ज्यान गएको जनाएको छ । यद्यपि सामूहिक अन्त्येष्टि आयोजना गर्न शनिबार आफ्नो गाउँ फर्केका स्थानीयहरूले रोयटर्स समाचार एजेन्सीलाई मृतकको सङ्ख्या २०० नाघेको बताए।

सेनाले सोमबार गुसामी जङ्गल र जाम्फाराको पश्चिम त्साम्रे गाउँमा लक्षित हवाई हमला गरेको थियो र उनीहरूका दुई नेतासहित १०० भन्दा बढी डाकालाई मारेको थियो।

मोटरसाइकलमा आएका तीन सयभन्दा बढी बन्दुकधारीले मङ्गलबार जाम्फाराको आन्का स्थानीय इलाकाको आठ गाउँमा आक्रमण गरे थिए । उनीहरुले छिटपुट गोली चलाएका थिए जसमा कम्तीमा ३० जनाको मृत्यु भयो।

आक्रमणकारीहरूले बुधवारदेखि बिहीबारसम्म अन्का र बुक्क्युम जिल्लाका १० वटा गाउँमा भेला भएर त्यहाँका बासिन्दाहरूलाई गोली हानेर लुटपाट र घरमा आगजनी गरेका थिए।

कुर्फा दान्या गाउँका बाबन्दी हमिदुले आक्रमणकारीहरूले देखिएका जो कोहीलाई गोली हानेको बताए । हमिदुले एएफपी समाचार एजेन्सीलाई भने, “दश गाउँमा १४० भन्दा बढी मानिसलाई गाडिएको छ र धेरै व्यक्तिको पहिचान नभएकाले थप शवको खोजी कार्य जारी छ ।”