१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

उत्तरपश्चिम नाइजेरियामा डाकाको आक्रमणमा २०० मृत्यु

उत्तरपश्चिम नाइजेरियामा डाकाको आक्रमणमा २०० मृत्यु
अ अ+ अ-

उत्तरपश्चिमी नाइजेरियाको जाम्फारा राज्यमा सशस्त्र डाकाहरूले गरेको आक्रमणमा करिब २०० व्यक्तिको मृत्यु भएको अनुमान गरिएको छ ।  गत साता तिनीहरूको लुक्ने ठाउँमा सेनाले हवाई आक्रमण गरेपछि डाकाहरुले आक्रमण गरेको स्थानीय बासिन्दाले बताएका छन् । 

राज्य सरकारले सामूहिक आक्रमणमा ५८ जनाको ज्यान गएको जनाएको छ । यद्यपि सामूहिक अन्त्येष्टि आयोजना गर्न शनिबार आफ्नो गाउँ फर्केका स्थानीयहरूले रोयटर्स समाचार एजेन्सीलाई मृतकको सङ्ख्या २०० नाघेको बताए।

सेनाले सोमबार गुसामी जङ्गल र जाम्फाराको पश्चिम त्साम्रे गाउँमा लक्षित हवाई हमला गरेको थियो र उनीहरूका दुई नेतासहित १०० भन्दा बढी डाकालाई मारेको थियो।

मोटरसाइकलमा आएका तीन सयभन्दा बढी बन्दुकधारीले मङ्गलबार जाम्फाराको आन्का स्थानीय इलाकाको आठ गाउँमा आक्रमण गरे थिए । उनीहरुले छिटपुट गोली चलाएका थिए जसमा कम्तीमा ३० जनाको मृत्यु भयो।

आक्रमणकारीहरूले बुधवारदेखि बिहीबारसम्म अन्का र बुक्क्युम जिल्लाका १० वटा गाउँमा भेला भएर त्यहाँका बासिन्दाहरूलाई गोली हानेर लुटपाट र घरमा आगजनी गरेका थिए।

कुर्फा दान्या गाउँका बाबन्दी हमिदुले आक्रमणकारीहरूले देखिएका जो कोहीलाई गोली हानेको बताए । हमिदुले एएफपी समाचार एजेन्सीलाई भने, “दश गाउँमा १४० भन्दा बढी मानिसलाई गाडिएको छ र धेरै व्यक्तिको पहिचान नभएकाले थप शवको खोजी कार्य जारी छ ।”