१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष दाहालको आरोपः बलात्कारी र हत्यारा राजाहरु नै हुन्



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजाहरु नै बलात्कारी र हत्यारा भएको आरोप लगाउनुभएको छ ।

योङ कम्युनिष्ट लिगको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राजाहरु नै बलात्कारी र हत्यारा भएको आरोप लगाउनुभएको हो ।

उहाँले नारायणहिटी दरबार हत्यकाण्ड के हो भन्नेकुरा सबैलाई स्पष्ट रहेको बताउनु भयो । नमिता, सुनिताको बलात्कार गरेर हत्या गर्ने राजा र राजाका भाइहरु नै भएको आरोप उहाँको छ । राजाहरुले नै मूर्ति चोरेर विदेशमा पु¥याउने गरेको आरोप लगाउँदै तस्करका नायिकेहरु तत्कालीन समयका राजा नै भएको बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘जनताको मन मस्तिष्कमा त छ, नारायणहिटी दरबार हत्यकाण्ड के हो भन्नेकुरा । तर हामीले अलि राम्रोसँग भन्न छोडेका छौँ अहिले । अनि एकथरी नयाँ युवाहरुलाई विचरा थाहा छैन । उनीहरुलाई भर्खर शान्ति सम्भmौतापछि जन्मिएर अब उमेर पुगेका, भोट हाल्ने भएका युवाहरुलाई त राजाले के ग¥यो, नमिता, सुनिता हत्याकाण्ड बलात्कार गरेर राजाका भाईहरु र राजाहरुले नै गरेको भन्नेकुरा उनीहरुलाई थाहा छैन । त्यो तपाईं हामीले भनिदिनुपर्ने हुन्छ जनतालाई । यिनै त हुन्, हत्यारा र बलात्कारी भनेका । मूर्ति चोरेर विदेशमा पु¥याउने को हुन् ? भनिदिनुप¥यो जनतालाई । तस्कारका नायिकेहरु को हुन्, भनिदिनुप¥यो जनतालाई । नारायणहिटी हत्यकाण्डका नायिकेहरु को हुन् ? भन्नकुरा भनिदिनुप¥यो जनतालाई ।’

अध्यक्ष दाहालले स्वास्थ्यको क्षेत्रमा यो भएन, त्यो भएन भनेर बोल्ने कुनै नैतिक अधिकार राजावादीहरुलाई नभएको बताउनु भयो ।