६ श्रावण २०८३, बुधबार
,
Latest
महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा रस्साकस्सी: केन्द्रीय कमिटी बैठकको माग



अ+ अ-

काठमाडौं । नेकपामा देखिएको विवाद समाधान गर्न आइतबार पनि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच रस्साकस्सी भएको छ । दुवै जना आआफ्नो अडानमा यथावत् रहँदा विवाद समाधान हुन नसकेको हो । प्रधानमन्त्रीको राजीनामा प्रकरणले नेकपा शीर्ष नेतामा बढ्दै गएको दुरीका बीचमा सहमतिको मिलनबिन्दु खोज्ने प्रयास भए पनि उपलब्धि शून्य भएको छ । ओली र दाहाललाई सहमतिमा ल्याउन दोस्रो पुस्ताका शीर्ष नेताहरूले पहल थालेका छन् । ओली र दाहालका बीचमा भएको छलफलमा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, वर्षमान पुन, जनार्दन शर्मासमेतको सहभागिता रहेको थियो । नेकपा महासचिव पौडेलले दुई अध्यक्षबीचको छलफल सकारात्मक रहेको र थप छलफलका लागि सोमबार पुन छलफल गर्ने सहमति भएको बताए । सोमबार स्थायी कमिटी बैठकसमेत बोलाइएको छ । बैठक बस्नुभन्दा अघि दुई अध्यक्षका बीचमा छलफल गर्ने सहमति भएको छ ।

यस्तै, उपप्रधान, रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य पोखरेल, महासचिव पौडेल, स्थायी कमिटीका सदस्य एवं ऊर्जामन्त्री पुन, स्थायी कमिटी सदस्य शर्मासहितको चार सदस्यीय एक कार्यदल गठन भएको छ । अनौपचारिक रूपमा गठन भएको यो कार्यदलले सहमतिको मिलनबिन्दु खोज्ने प्रयास गर्ने बताइएको छ । यो कार्यदलको आइतबार साझ दाहाल निवास खुमलटारमा बैठकसमेत बसेको नेकपा स्रोतले जनाएको छ ।

केन्द्रीय कमिटी बैठकको माग
यसैबीच स्थायी कमिटीको बैठक चलिरहेकै बेला पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरिएको छ । नेकपा केन्द्रीय सदस्य दिलु पन्तले पछिल्लो राजनीति अवस्थाका साथै पार्टीका विभिन्न विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाउन हस्ताक्षर सुरु गरिएको बताइन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सांकेतिक धर्ना दिइरहेका केन्द्रीय सदस्यले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउन लागि हस्ताक्षर अभियान सुरु गरेका हुन् । पार्टीलाई विधि, पद्धति र विधानअनुसार सञ्चालन गर्नुपर्ने, पार्टी विभाजन रोक्नुपर्नेलगायतका मागसहित विगत दुई दिनदेखि केन्द्रीय कार्यालयमा सांकेतिक धर्ना दिइरहेका केन्द्रीय सदस्यले अब सबै विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठकको आवश्यकता रहेको जनाएका छन् ।

विधानअनुसार पार्टी सचिवालय, स्थायी कमिटीले कुनै पनि निर्णय गरे पनि त्यसको अनुमोदन केन्द्रीय कमिटीको बैठकबाट गराउनुपर्छ । पार्टीभित्र विभाजनको खतरा बढ्दै गए पछि केन्द्रीय सदस्यले हस्ताक्षर अभियान सञ्चालन गरेर नेतृत्वलाई दबाब दिएका हुन् । यसैबीच पार्टी एकतालाई बचाउन प्रभावकारी भूमिका खेल्न नेकपाको प्रवासी कमिटीले अध्यक्षद्वय ओली र दाहाललाई आग्रह गरेको छ । ३५ देशमा रहेका प्रवासी कमिटीका अध्यक्ष र सचिवहरुले प्रवास समन्वय कमिटीमार्फत ध्यानकर्षण गराउँदै पार्टीलाई फुटबाट जोगाउन माग गरेका हुन् । राजधानी दैनिक




भर्खरै