१९ माघ २०८१, शनिबार
,
Latest
एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल ज्ञान निकेतन र नेरिक दुई उपाधिका लागि भिड्ने श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको प्रस्तावले देउवा दंग : भन्छन् ज्योतिषले ७ पटक प्रधानमन्त्री बन्नुहुन्छ भनेको छ



file
अ+ अ-

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद चुलिएपछि पार्टी बिभाजनको चर्चा चलिरहेको छ । यस्तैमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताका लागि भईरहेको अन्तिम छलफल लगभग असफल भएको छ ।

यहीबीचमा प्रधानमन्त्री ओली सत्ता जोगाउन अनेक उपायहरु अपनाउन खोजिरहेका छन् । नेकपाको स्थायी कमिटीमा प्रधानमन्त्रीको राजीनामा मागिएपछि ओली पार्टी फुटाउन तम्सिएका हुन् । यसैबीच उनले सत्ता समीकरणका लागि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासंग गोप्य छलफल गरेपछि सरकारमा भागबण्डाका लागि सुवास नेम्वाङलाई दूतका रुपमा भेट्न पठाएका छन् ।

ओलीको दूतका रुपमा नेम्वाङले देउवालाई गृह र अर्थ मन्त्रालय कांग्रेसलाई दिने प्रस्ताव पेश गरेका छन् । करिब दुई तिहाई बहुमतको सरकार आन्तरिक कलहका कारण प्रमुख प्रतिपक्षी दलसंग सत्ता साझेदारी गरेर अगाडी जाने सोँचमा पुगेको हो । अघिल्लो चुनावमा आफूलाई ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्ने भनेकाले आफू नै आगामी प्रधानमन्त्री हुन्छु भन्ने अभिव्क्तिले देउवालाई चर्चामा ल्याएको थियो ।

आजको भेटमा नेम्वाङ संग ठट्टा गर्दै ज्योतिषीले ७ पटक प्रधानममन्त्री बन्नुहुन्छ भनेको थियो तपाई यस्तो प्रस्ताव ल्याउनु हुन्छ भनेको बताए । तर आफुले कुनै वचन नदिएको देउवाले बैठकलाई जानकारी गराए । यस विषयमा केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले समन्वय गरेकाले उनैलाई धेरै कुरा थाहा भएको देउवाले बताए । नेपाल समाचारपत्र दैनिक