२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गीतकार भुुसालको ‘स्वर्ग यहीँ लुकेको छ’ सार्वजनिक



अ+ अ-

काठमाडौँ। गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुुसालद्वारा रचित दुुई सन्देशमूलक गीत सार्वजनिक भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा भुसालको ‘स्वर्ग यहीँ लुकेको छ’ र ‘थरिथरि पात झरे’ बोलका गीतहरु गणतन्त्र दिवस, २०८२ का अवसरमा सार्वजनिक भएका हुन् ।

दिवसको अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च, टुँडिखेल आयोजित कार्यक्रममा डा भुसालको ‘स्वर्ग यहीँ लुकेको छ’ बोलको गीतमा कलाकारहरुले पहिलो पटक सामूूहिक नृत्य प्रस्तुत गरेका थिए ।

गैह्रे सुरेशको सङ्गीत रहेको ‘स्वर्ग यहीँ लुकेको छ’ बोलको जागरण गीत स्वरूपराज आचार्य, रूपा गुरुङ, अञ्जली राई र रमिला मगरले गाउनुुभएको छ । यस गीतले नेपाल बनाउने देवदूत अरु कोही होइन, हामी प्रत्येक नेपाली हौं भन्ने वास्तविकतालाई स्वीकार गरेर राष्ट्र निर्माणमा जुट्न आव्हान गरेको छ ।

यो देशलाई स्वर्ग जस्तै सुन्दर बनाउन प्रेरणा दिन्छ भने रामकृष्ण ढकालको स्वर, बिबी अनुरागीको ‘एरेन्ज’मा उत्तम पौडेलको सङ्गीत रहेको ‘थरिथरि पात झरे’ बोलको गीतले वृद्धावस्थामा हुने मनोदशा प्रस्तुत गरेको छ । रासस