१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

अवैतानिक दुत बनी निलो नम्बर प्लेटको गाडीमा झण्डा हालेर कुटनैतिक सुबिधा लिएर मुलुकप्रति अपराध गरेको आरोप

अवैतानिक दुत बनी निलो नम्बर प्लेटको गाडीमा झण्डा हालेर कुटनैतिक सुबिधा लिएर मुलुकप्रति अपराध गरेको आरोप
अ अ+ अ-

काठमाडौं । नेपाल सरकारले नेपालस्थित अवैतानिक महावाणिज्य तथा वाणिज्यदूतहरुलाई उनीहरुको गाडीमा निलो नम्बर प्लेट र झण्डा राख्न पाउने सुविधा दिने निर्णय गरेकोमा पूर्व सुरक्षाकर्मी परिषदले आपत्ती जनाएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पूर्व सुरक्षाकर्मी परिषद्ले अवैतानिक दुत बनी नेपालमा निलो नम्बरको प्लेटको गाडीमा झण्डा हालेर मुलुकप्रति अपराध गरेको आरोप लगाएको हो । 

परिषदले आगामी पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्तीको दिन सार्वजनिक बिदा दिएर भव्य रुपमा मनाउन सरकारसँग माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाएको जानकारी गरायो । 

कार्यक्रममा बोल्दै पुर्व जनरल प्रा.डा.प्रेमसिंह बस्यातले पछिल्लो समयका राजनीतिक दलका नेताहरुले मिलेसम्म देश बेच्ने र उनीहरुमा देशको कुनै पनि माया नभएको बताए । नारायणीहिटीको पर्दाफास गरेको भन्दै सस्कृती तथा पर्यटन मन्त्री प्रेम आलेको प्रशंसा गरे । नेपाली सुरक्षाको पेन्सन अवधि १६ वर्ष हुनै पर्नेमा उनले जोड दिए । ज्योतिष सेवाको नाममा ठगी गर्दै आएको धरानका एक व्यक्तिले ठगी गरिरहेको सुनाउँदै ती व्यक्तिलाई कारावाही गर्न सरकारसँग आग्रह गरे ।  

नेपाली भुमिमा नेपालीले नै बिदेशी मुलुकको अवैतानिक दुत बनी निलो नम्बर प्लेटको गाडीमा झण्डा हालेर कुटनैतिक सुबिधा लिएकाहरुप्रति उनले अपराधको संज्ञा दिए । अहिलेका नेताहरु भ्रष्ट भएको भन्दै भुइचालोको बेलामा नेपाली कांग्रेसका नेताले जनताको जस्ता खाएको उनले आरोप लगाए ।  भुइचालो जस्तो महासंकटको समयमा पनि भ्रष्टाचार गरेको भन्दै उनले राष्ट्र प्रेम गर्ने एकजना पनि नेताहरु कांग्रेसमा नरहेको उनले जिकिर गरे । नेपालले नेपालको हितको लागि एमसीसी सम्झौता गर्न नुहुने उनको भनाई थियो । उक्त सम्झौता राष्ट्रघाति भएमा खारेज गर्न पर्ने उनले जोड दिए । 

खेतान, गोल्छा, चौधरी लगायत व्यापारिक समुहहरु लोटा लिएर नेपाल छिरेर देशलाई कंगाल बनाउन लागेको उनले आरोप लगाए । उनीहरुले नेपाललाई दोहन गरेर विदेशी बैंकमा रकम राखेको समेत उल्लेख गरे । उनले भने, ‘खेतान, गोल्छा, चौधरीहरु हिजो लोटा लिएर नेपाल आएका थिए । सियो भएर नेपाल पसेर हात्ति भएर निस्कदैछन् । यीनीहरुको हातमा देश चलिरहेको छ ।’ चौधरी समुहले प्रधानमन्त्री र उनकी पत्नी डा. आरजु देउवालाई समातेको उनले बताए । उनीहरुले राजदुत भन्दा माथिको सेवा सुविधा लिएर नेपालकै अपमान गरेको सुनाए । ०६४ सालमा कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले ‘लोटाधारी’ हरु नेपाल प्रवेश गराएको उनको भनाई थियो । 

आर्थिक र राजनीतिक विचलन ल्याउन भारत र चीनले नेपालमा रणनीति गरीरहेको उनले आरोप लगाए । डा.बस्न्यातले नेपाली कांग्रेसले माडे र लोटाधारीका पैसाले देश बर्बाद गरेको आरोप लगाए । यी नेताहरुको कामको विरोध गर्न नेत्र विक्रम चन्द्र ‘विप्लव’ समूहलाई आग्रह गरे । लोटाधारीहरुले नेपाललाई कंगाल बनाएको भन्दै बिनाश तर्फ लगेको उनले जिकिर गरे । उनले भने, ‘नेपालमा पैसा भएमा संविधान किन्न सकिदो रहेछ । नेपाली कांग्रेसलाई पैसा खुवाएर झण्डा किन्न सकिदो रहेछ । त्यो अहिले स्पष्टै देखियो ।’ 

‘देश निरिह हुनुमा राष्ट्रिय सुरक्षा कमजोर हुनु हो । सुरक्षाकर्मीहरुले जागिर मात्र नखाई देशप्रतिको माया देखाउनुपर्ने बेला आएको छ । नेताहरु र सुरक्षाकर्मीको एउटा गल्तीले गर्दा देशको अवस्था यस्तो भयो, लोटाहरुको राज भयो देशमा ।’–उनले भने । पृथ्वीनारायण शाहलाई राष्ट्रपिता भन्दै उनको जन्म जयन्तीको दिन पौष २७ गते बिदा दिनै पर्ने उनले धारणा राखे ।   

परिषद्का सदस्य सनदसिंह बस्न्यातले निलो नम्बरको प्लेट प्रयोग गर्ने, राजदुतले पाएको सेवा, सुविधा लिने र कोरोना महामारीको अवस्थामा कुटनैतिक अपराध गर्ने काम यस अघिको सरकारले रोकेपनि वर्तमान सरकारले अपराध गर्ने बाटो खुल्ला गरेको बताए । नेपालको हितमा काम गर्ने पाटोलाई बिर्सिएर समाजमा अपराध गरेर हिड्ने, समाजमा देखाउने धाक धम्की देखाउने प्रवृतिले देशलाई ठुलो घाटा लाग्ने उनले बताए । 

तराई क्षेत्रमा आफुले लामो समय काम गरेको स्मरण गराउँदै उनले विवादस्पद सुरक्षाकर्मीलाई प्रधानकार्यालयमा तानिने सामान्य कुरा भएको सुनाए । हिजोजस्तो आज तराईमा हतियारधारी समुह नभएको समेत उल्लेख गरे । तराईमा स्थानिय नेताहरुले प्रहरी प्रमुखसँग पहुँच बनाएर प्रहरीलाई आफु नजिक बनाउन खोज्ने प्रवृत्ति हाबी भएको उनको भनाई थियो । उनले तराईमा प्रहरीलाई स्वतन्त्र रुपमा अनुसन्धान गर्न दिने र अनुसन्धानमा सहयोग गर्ने काम निकै कम हुने बताए ।  

उनले भर्खरै मात्र ३ महिना निलम्बित सिरहाका प्रहरी प्रमुख हिरा पाण्डे युनाइटेड नेसनबाट मेडल पाएको व्यक्ति भन्दै सुरक्षाको ज्ञाता हुनुपर्ने पनि बताए । पाण्डेले बाहिर आएको जस्तो व्यक्तिगत रुपमा थ्रेट दिएको हुननसक्ने उनको भनाई थियो । प्रहरीलाई स्वतन्त्र रुपले काम गर्न नदिने प्रवृत्तिलाई रोक्न पर्ने उनले धारणा राखे । पीडित भनिएका कांग्रेसका नेतालाई पनि पदिय हैसियतबाट निलम्बित गरेर मात्र छानबिन गर्न पर्ने उनले धारणा राखे । 

कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले वाणिज्यदूतहरुले नेपालीले नै बिदेशी मुलुकको अवैतनिक दुत बनी निलो नम्बर प्लेटको गाडीमा झण्डा हालेर कुटनैतीक सुबिधा दुरुपयोग गरेको बताए । उनले भने, ‘ठुला व्यापारी घरानाका व्यक्तिलाई मात्र वाणिज्य दुत बनाउने परिपाटी ०६४ बाट सुरु भएको हो । नेपालकै धनाड्य बिनोद चौधरीको परिवारले निलो झण्डा हालेर कुटनैतिक सुविधा दुरुपयोग गरेका छन् ।’

नेपालका धनी व्यापारीहरु अधिकांशले अवैधानिक गाडी चढेको उनले आरोप लगाए । निलो गाडीको प्रयोगले तस्करी गरेका छन् की भनेर यस विषयमा व्यापक अनसुसन्धान गर्न पर्ने बेला आएको उनको भनाई थियो । ‘विदेशी कुलका मानिसहरुले के हिसाबले नागरिकता लिए ? त्यसको बारेमा अब समिक्षा गर्नुपर्छ ।’ उनले भने, ‘कुन देशबाट कति वाणिज्यदूत किन नियुक्ति गरिन्छ त्यसको बारेमा छानबिन गर्न पर्छ । व्यापारिक घरानाका मात्र किन वाणिज्य दुत हुने किन ?’ 

नेपाली कांग्रेसका भर्खरै निर्वाचित केन्द्रीय सदस्य समेत रहेका बिनोद चौधरी हिजो एमालेको सदस्य भएर आज कांग्रेसको नेता भएर हिडेका छन् । उनको सम्पत्तिको पनि छानबिन गर्नुपर्छ ।’ बतास समुहको बारेमा अनुसन्धान गर्न उनले माग गरे ।

माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ले १२ बुँदे सम्झौतासँगै नेपालको राष्ट्रियता भारतलाई बुझाएको आरोप लगाए । उनले भने, ‘कोदो रोपेर धान फल्दैन । १२ वर्ष भारतले प्रचण्डलाई ज्वाईलाई जस्तै पालेको हो ।’ अहिलेको व्यवस्था संघियता घाँडो भएको उनले सुनाए । ललितपुरको खुमलटारबाट रत्नपार्क सुरक्षाकर्मी बिना आउन समेत प्रचण्डलाई चुनौति दिए । 

क्रिसमसमा शनिबार भएपनि बिदा घोषणा दिने सरकारले पृथ्वी नारायण शाहको जन्म जयन्तीको दिन बिदा दिन सरकारले कन्ज्युसाई गर्न नमिल्ने उनले धारणा राखे । उनले भने, ‘जसले देश बनाइदिए उसैको उपहास गर्न मिल्दैन् । गणतन्त्र आएपछि नेपालीलाई थप सास्ती भएको छ ।’ राजाले बाहेक अरुले देश नबचाउने समेत उनले जिकिर गरे । अब नेपालीहरुलाई ज्यान बचाउनको लागि नै राजाको आवश्यकता रहेको औंल्याए । 

त्यस्तै, संविधान सभा सदस्य तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले वाणिज्य दुत बनी निलो नम्बर प्लेटको गाडीमा झण्डा हालेर कुटनैतीक सुबिधा लिने काम गलत भएको बताए । उनले भने, ‘राजदुतको नाममा गलत काम भइरहेको छ, सुविधाको धेरै दुरुपयोग गरिएको छ ।’ ठुला–ठुला व्यापारीहरु र तस्करीहरु नै यसको सुविधा लिएको उनको भनाई थियो । 
अमेरिकी सहयोग नियोग एमसीसी सम्झौता नेपाल र नेपालीको लागि निकै घातक भएको उनले आरोप लगाए । अहिलको सरकार दलालको हातमा रहेको आरोप लगाउँदै उनले भने, ‘जो मानिस सरकारमा जान्छ, उसलाई सरकार चलाउन पैसा चाहिन्छ र डनहरुले हात लिन्छन् । र देशको अवस्था डामाडोल हुन्छ ।’

सरकार अहिले डनबाद र धनबादमा चलेको उनले आरोप लगाए । ०६२÷०६३ आन्दोलन सफल भएपनि नेपालीको योजनाहरु कुनै पनि सफल नभएको उनको आरोप थियो । उनले भने, ‘विदेशीको योजना मात्र सफल भएको छ । विदेशीहरुमात्र यो आन्दोलनबाट रमाएका छन्, नेपालीहरु होइन् ।’’

पुर्व सुरक्षा परिषद् नेपालका सदस्य बिक्रम पाण्डेले राजनीतिक नेताहरु र राष्ट्रिय सुरक्षाको कारण देश असफल भएको उनले बताए । दलाल नेताहरुकै कारण देश आज अफगानस्तान जस्तो हुन लागेको उनले आरोप लगाए । देशमा प्रधानसेनापति, प्रहरी प्रमुख, शसस्त्र प्रमुखहरुले पनि अब देशको लागि बोल्न पर्नेमा जोड दिए । उनले भने, ‘एमसीसीको कारण हाम्रो देशमा पनि अफगानस्तानको अवस्था आउन नदिन सुरक्षाकर्मीहरुले महत्वपुर्ण भुमिका रहन्छ ।’ पाण्डेले एमसीसी सम्झौताको कारण देश कता जादैछ त्यतातिर ध्यान दिन आग्रह गरे । एमसीसी सम्झौता लागु भएमा अफगानस्तानका राष्ट्रपति घानीले जस्तै नेपालका राष्ट्रपति र प्रधानमन्त्रीहरुले रातिको १२ बजे देश छोड्न पर्ने दिन आउने पनि चेतावनी दिए ।  

 पुर्व सुरक्षाकर्मी परिषद नेपालको प्रेश विज्ञप्ती केन्द्रीय अध्यक्ष कोमल बहादुर राउतले पढेर सुनाएका थिए । राउतले राष्ट्रपिता पृथ्वीनाराण शाहको योगदान र मार्गदर्शनलाई राज्यले बिर्सनु बिडम्बना भएको उनले बताए । राष्ट्रनिर्माताको सम्मानको लागि पौष २७ गते स–सम्मान बिदा दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको उनले जानकारी दिए । आफुहरुको पौष २७ गते सार्वजनिक बिदाको मागलाई धेरै संघ, संस्थाहरुले समर्थन गरेको उनले सुनाए । 

कार्यक्रममा बोल्दै विश्लेषक दीर्घराज प्रसाईले पृथ्वीनारायण शाहको जन्मजयन्ती कार्यक्रममा पौष २७ गते सबै नेपालीहरु सहभागी हुन पर्ने बताए । नेपाल हिन्दुराष्ट्र भएको भन्दै उनले सरकारले उक्त दिन सार्वजनिक बिदा दिनुपर्नेमा जोड दिए । कार्यक्रमको संचालन हेमविक्रम गिरीले गरेका थिए ।