२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

चालिस पचास, मनमा बतास !

चालिस पचास, मनमा बतास !
अ अ+ अ-

जब पुग्यो एक भुईमा खुट्टा टेक जब पुग्यो पाँच आँगनिमा नाँच यस्तै यस्तै लोहरी सुन्दै सुनाउदै चालिस नाघि सकिएछ । जन्मने एक दिन, आज एक दिन मृत्यू एक दिन, जीन्दगीलाई तीन दिनको भन्दा हुन्छ जस्तो लाग्छ तर यो मेरो मात्र बुझाई हो । दूई दिनको जीन्दगी भनेको चाँहि जन्मको दिन र मृत्यूको दिन मात्र सोचेर भनिएको होला । खासमा जन्म र मृत्यु बिचका दिनहरु नै असली जीवन हुने रहेछन् ।

जीवनको यात्रामा हामी यसरी दौडिरहेका छौ लाग्छ कि हामी सबै फरक फरक गन्तब्यमा पुग्नु छ र त्यहाँ आफुलाई मात्र चाडो पुग्नु छ । यो रस्सा कस्सीमा कोहि कतै पुग्दैनन्, पुग्ने सबैको एकै स्थान हो केबल समय, बाटो, माध्यम फरक छन् । जसरी खहरे पाखा पहरामा उर्लन्छ, थर्कन्छ र दौडन्छ, जब जब यो नदीहरु पार गर्दै, समुन्द्र नजिक पुग्दछ चुपचाप र शान्त हुन्छ । जीवात्मा, चित्त अहंकार, प्रेम, करुणा, निष्ठा सबै समानन्तर रुपमा चलिरहन्छन्, आईरहन्छन र आफै जान्छन् । सबै बुझ्न सकिदैन र बुझिदैन पनि ।

मेरो घर, मेरो खेत, मेरो छोरा, मेरो छोरी, मेरो अफिस, मेरो घोडा,मेरो कुकुर, मेरो सम्पत्ति,मेरो पसल,मेरो गाडी,मेरो भगवान, यति धेरै मेरो बनाउन ब्यस्त छन् कि जति धेरै मेरो त्यति उ शक्तिशालि ठान्दछ । मेरो पसल भन्छन् तर त्यो पसलको सबै भन्दा राम्रो कपडा आफू लगाउदैनन् ।

तल खस्नु र उक्लनु यो प्राकृति सिद्धान्त हो । हामीले पुरानो, असंस्कृत भने पनि कतिपय विषयहरु, क्षेत्रहरुको आधार वा मूल भनेको फेरि पनि संस्कृति र परम्परागत अभ्यासहरु लै त्यसको जड हुनेथिए । विकासको क्रमले मान्छे जान्ने बुझ्ने हुदै गयो र अहिले आएर यो ठिक र त्यो बेठिक भन्न सक्ने भएको छ तर त्यो वेठिक भन्ने आधार भनेको पहिलेको ठिक नै पछि वेठिक भएको हो भन्ने विषय र सन्दर्भ चाहिँ भुल्नु भने हुदैन ।

समय गतिशिल छ त्यसैले सबैको समय आउछ भनिएको होला । झन् बढ्यो, जति पढ्यो, जति बुझ्यो उति रहस्यमय छ जीन्दगी । हिजोको सत्य आज असत्य हुन्छ, आजको नयाँ भोलि पुरानो भैहाल्छन् । धेरै भविष्यवाणिहरु भई सकेका छन अबको केहि दशक पछि के के देख्न र भोग्न पाइने हो, कति कुरा त देखेर आफैलाई अचम्म पनि लाग्दो हो जसै अहिले बाचेको पहिलो पुस्ता जो जसले प्रत्यक्ष अनुभव गरि रहेको छ । मान्छे यस्तो प्राणि रहेछ जस्तो लाग्छ, आफूलाई अनुकुलन गर्न यति छिटो परिवर्तन हुन सक्छ कि हिजो उकाली ओराली गरेको अनुभवले आज अग्ला भवनहरुको सिढी र लिफ्टमा सहजै आवत जावत गरिदिन्छ । यो पनि सिकाई हो, भोगाई हो अनि परिबर्तनको सिद्धान्त हो ।

ढुंगे युगबाट मान्छे आज सम्म आईपुग्दा यो सृष्टिमा धेरै तरक्कीहरु मान्छेले गरि सकेको देखिन्छ । आजको समाज यति चुनौतिपूर्ण भएको छ कि मान्छे आफैले बनाएको ठुलो खाडलमा आर्फै पर्दैछ र त्यो खाडल पुर्न अर्को ठुलो खाडल खन्न तल्लीन छ ।

प्राकृतिक सिद्धान्त अनुसार शुन्यमा पुग त्यहाँ खुशी छ, आनन्द छ तर दुई ध्रुबहरु यसरी दौडिएकाछन् कि शुन्यमा पुग्न सहज देखिदैन । जब शुन्य हुन्छ त्यहाँ गुरुत्वाकर्षणले काम गर्दैन । मन स्थिर रहन्छ, शरिरको चेत शान्त हुन्छ, बिचारहरु स्थिर हुन्छन् ।

तर्क र विज्ञान नपढीकनै हाम्रा बुबा पुस्ताहरुले घर ब्यवहार चलाउनु भएको छ, उहाँहरुले ब्यवहारवादलाई लागु गर्नु भयो, समस्यासंग कदापि भाग्नु भएन, लड्नु भयो, जुध्नु भयो । कतिपय अवस्थाहरुमा हामीलाई नि सिकाउनु हुन्थ्यो । दुईमा दुई जोडे चार हुन्छ । यहाँ भन्दा अरु तर्क बितर्क, बिज्ञान हुदैन भन्ने मान्यताले नै समाजलाई र समाजका हामीलाई आजको दिन सम्म पुग्न प्रेरित गरि राख्नु भएको छ । सत्यमाथि टेकेर चिन्तन गर्नु नै उत्तम मार्गदर्शन रह्यो जुन आज पनि उत्तिकै ब्यवहारिक र सान्र्दभिक रहेका छन् ।

समान बिचार र चिन्तन बोकेका हाम्रा बा का पुस्ताहरुमा पनि धेरै बिमेल र फरक मत थिए र छन् त्यसैले त त्यो समाजले हामीलाई बडो सन्तुलनका साथ हुर्कायो र बढायो । हाम्रा अग्रजहरु समाजको सिद्धान्त अनुसार जीवनका लागि संघर्षबाट नै आजको यो अवस्था सम्म आई पुग्नु भएको छ ।

अहिलेको हाम्रो पुस्तालाई यो हाम्रो समाज एउटा पुरानो, थोत्रो, चर्किएको जस्तो देखिने मुर्ति जस्तो लाग्छ । यसो हेर्यो कतै नमिलेको जस्तो देखिने, कतै कोही संग मेल नखाने, एक छिनमा अद्भुत देउता जस्तो लाग्छ केहि समय पछि लाग्छ भयंकर बम र बारुद खस्दै छ । यो मुर्तिलाई कतै कहिं राख्ने स्थान छैन अहिलको पुस्तालाई । मानौ दिए पनि लिने छैनन् ।
यो पुस्ता जन्माउने,हुर्काउने हाम्रो पुस्ता जसको उमेर चालिस पचासको हाराहारीमा छ जसको मनमा वेगको वतास चलिरहेको देखिन्छ । छोराछोरीको पढाई लेखाई हेर्यो गजब छ, के सिक्यौ भनेर सोध्यो भने उत्तर केहि छैन् । नपढेको दिन छैन, आउने केहि पनि देखिदैन । सबै क्षमता मन भित्रै राख्न सक्नु पनि एउटा क्षमता नै होला । बर्गिय रुपमा केहि तलमाथि हुन सक्छन् तर एकै समयको शिक्षा र संस्कृतिले उत्पादन गरेको बालि पक्कै पनि फरक हुदैन । वर्तमान अवस्थामा आपैmंलाई आफु जस्तै गरि उभ्याउन यो पुस्तालाई कठिन भने पक्कै छ ।

सामाजिकीकरणको यो दुरावस्था छ कि समाज पुरै एक अर्काको विपरित छन । एक पुस्ताबाट अर्को पुस्ता बिचको दुरी बढीरहेको छ । जेष्ठ नागरिकहरुका ज्ञान,सीप लाई सम्मान गर्ने परिपाटि पनि हामीले नै ल्याउनु छ अर्को तेश्रो पुस्तालाई जोगाएर हुर्काउनु पनि हामीले नै छ । अहिले हाम्रो चालिस, पचासको पुस्ता बडो दोधारमा उभिएको झै लाग्छ । एक मनले यो समाज, संस्कृति, सभ्यता, अनुशासन सबै त्यागेर खुल्ला समाजमा प्रवेश गर्ने सोंच धेरै जोडाहरुलाई आउछ होला नै ।

अर्को तर्फ तेश्रो पुस्ताको विचित्रको दैनिकी देखेर पहिलो पुस्ता तीन छक्क परेको भान हुन्छ । कुनै बेला दिनमा १४ घण्टा पैदल हिडेर बजार, मेलापर्व, किनमेल, सामाजिक चेतनाको आदान प्रदान गर्ने पुस्ताहरु आज आफ्ना अनुभवहरु सुनाई, कथा ब्यथा ओकल्ने, सफलताका कथा, चुनौतिहरु, सिकाई र भोगाईहरु मनमै गूम्स्याएर बस्नु परेको छ । तेश्रो पुस्ता अहिलको जो छ, जसले कृतिम बौद्धिकताको प्रयोग गर्छ र भन्छ जस्तै कठिन प्रश्न सोध्नुहोस उत्तर दिनेछु । अब के प्रश्न सोध्नु उसलाई ? मै जान्ने ठान्दछ, मानौ उसको मस्तष्कि यति तेज छ कि उसका अघि सारा समाज र समय पुरानो, परम्परावादी र अनुतिर्ण छ । अब उसलाई के प्रश्न गर्नु ?आगो कसरी बल्छ ? संग्रान्ति मसान्तमा पानि किन पर्छ ? ठेकी किन दार काठकै राम्रो हुन्छ ? खालि भाँडो किन राख्नु हुदैन ? आदि ।

दिनको १ बजेतिर साथिको फोन आयो । दुई पक्षिय खबर आदान प्रदान भयो, धेरै कुरा त उसले मेरो सामाजिक संजालबाट थाहा पाएको रहेछ र मैले पनि । तर सामाजिक संजालमा थाह नपाएको कुराका बारेमा कुराकानि भयो,धेरै लामो कुराकानि पछि हामी निम्नकुराहरुमा सहमत भयौं ।

क. हाम्रो पहिलो पुस्ता( बुबा,आमा ) धेरै भाग्मानि जसको साथमा हामी जस्तो सन्तान छौं ।

ख. बर्तमान चालिस देखि पचास मध्यान्तरको पुस्ताको समय धेरै चुनौतिपुर्ण छ ।

ग. भित्र जे छ बाहिर त्यो छैन,बाहिर जे छ भित्र त्यो छैन ।

अस्तु ।
देवी प्याकुरेल
२०८२ जेष्ठ १६, जाजरकोट