२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बजेटले अर्थतन्त्रका देखिएका समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको छ’



file
अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रका देखिएका समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको बताउनुभएको छ ।

नेपाल बुद्धिजीवी परिषद्ले आज यहाँ आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेट समीक्षा, कार्यान्वयनको अवसर र चुनौती’ विषयक अन्तरक्रियामा उहाँले अर्थतन्त्रको सङ्कट समाधानतर्फ केन्द्रित हुनुका साथै निजी क्षेत्रलाई समेट्ने प्रयास गरेको राख्नुभयो ।

महासचिव पोखरेलले अर्थ मन्त्रालय र अन्य मन्त्रालयबीचको समन्वय र सहकार्य जुन हिसाबले हुनुपर्ने, त्यो भने हुन नसकेको बताउनुभयो । “अर्थ मन्त्रालय बजेट ल्याउने र नियन्त्रण गर्ने मात्र ठाउँ होइन, बजेट कार्यान्वयन गर्ने निकाय पनि हो । अन्य मन्त्रालयसँगको समन्वयमा केही कमी देखिएको छ”, उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले अनौपचारिक अर्थतन्त्रले नेपालको आर्थिक गतिविधिमा प्रभाव पारेको भन्दै अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा बदल्न आवश्यक रहेकामा जोड दिनुभयो । अनौपचारिक अर्थतन्त्रले नेपालको घरजग्गा कारोबारमा सबैभन्दा बढी प्रभाव पारेको उहाँले भनाइ छ ।

अनौपचारिक अर्थतन्त्रले घर जग्गा कारोबारमा बढेको आकर्षणमा खुसी मान्दा आजको अवस्था आएको भन्दै घर जग्गामा गरेको लगानीको कारण आज सबै क्षेत्र अस्तव्यस्त भएको उहाँले  बताउनुभयो ।

महासचिव पोखरेलले पुँजी बजारले नेपालको अर्थतन्त्रलाई प्रभाव पारिरहेको उल्लेख गर्दै पुँजी बजारलाई अस्वाभाविक रूपमा उतारचढाव ल्याउन  अनौपचारिक अर्थतन्त्रले काम गरिरहेको बताउनुभयो । नेपालमा शासकीय क्षमतालाई प्रवर्द्धन गर्न कानुनमा सुधार आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

“हरेक निकायले कानुन सुधारमा जोड दिनुपर्ने छ । ती सेवाप्रवाह र सुशासनमुखी हुनुपर्ने छ । नेपालमा बनेका कानुन यस्ता छन्, जो विकासमैत्री छैनन्, सेवामैत्री छैनन”, उहाँले भन्नुभयो ।  महासचिव पोखरेलले देश निर्माणको लागि प्रशासनिक संयन्त्रमा सुधार आवश्यक रहेको बताउनुभयो ।

समयमा कार्यसम्पादन नहुनाले नेपालमा भ्रष्टाचार बढ्दै गएको महासचिव पोखरेलको भनाइ छ । उहाँले कुनै पनि काम ढिलो हुँदै जाँदा त्यसको लागत बढ्ने र त्यहाँ भ्रष्टाचार र कमिसनको चक्कर चल्ने सम्भावना रहने भन्दै सेवाप्रवाह पारदर्शी र शीघ्र सम्पादन हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

परिषद्का अध्यक्ष डा दिनेशचन्द्र देवकोटाले बजेट जनमुखी भएको भन्दै प्रभावकारी कार्यान्वयनमा ध्यान दिन सरोकार भएका सबैलाई आग्रह गर्नुभयो । उहाँले बजेटले मुलुकलाई विकास र समृद्धितर्फ लैजाने विश्वास व्यक्त गर्नुभयो । रासस