२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्तीजन्य पदार्थ नियन्त्रणमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने



अ+ अ-

काठमाडौँ। सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् ।

आज यहाँस्थित काठमाडौँ महानगरपालिका–७, स्वास्थ्य मन्त्रालय र हेल्थ टुडे मिडियाको संयुक्त आयोजनामा ‘सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी सरोकारवालाहरुबीच अन्तरक्रिया’ गरेको थियो ।

सो अन्तरक्रियामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी डा भक्तबहादुर केसीले सुर्तीजन्य पदार्थ नियन्त्रण एवं नियमन सङ्घीय सरकारको प्रयासले मात्र सम्भव नहुने बताउनुभयो । स्थानीय सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो ।

नेपालमा नसर्ने रोगको बढ्दो प्रकोपका कारणमध्ये सुर्तीजन्य पदार्थको सेवन  प्रमुख भएको बताउँदै डा केसीले कानुनले सार्वजनिक स्थालमा सुर्तीजन्य पदार्थ सेवन निषेध गरे पनि व्यवहारमा पालना हुन नसकेको औँल्याउनुभयो ।

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाउन स्थानीय सरकारले कदम चाल्नुपर्ने र यसले धेरै हदसम्म कानुन कार्यान्वयन हुने डा केसीको भनाइ छ । उहाँले भन्नुभयो, “नेपालमा वर्सेनि ३० हजार मानिसको मृत्युको कारण सुर्तीजन्य पदार्थ सेवन हो । यो तथ्याङ्कमा सबैले ध्यान दिन आवश्यक छ ।”

नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अनुसन्धान विज्ञ डा जयकुमार गुरुङले सुर्तीजन्य पदार्थमा करको दर बढाउनुपर्नेमा हिजो ल्याएको बजेटमा एकदमै न्यून रुपमा कर बढाएकोमा आपत्ति जनाउनुभयो । डा गुरुङले खुद्रा व्यापारीले अनिवार्य रुपमा वडामा दर्ता गराएर मात्र सुर्तीजन्य पदार्थ बिक्री  गर्ने व्यवस्था गर्नुपर्ने र सार्वजनिकस्थलको १०० मिटर दूरीभित्र्र   स्थानीय निकायले बेचविखन गर्न दिन नहुनेमा जोड दिनुभयो ।

डा गुरुङले भन्नुभयो, “काठमाडौँ महानगरपालिकाका सबै वडाहरुले एकीकृत रणनीतिक योजना बनाएर अगाडि बढ्नुपर्छ ।” उहाँले इलाम नगरपालिका र वालिङ नगरपालिकाले उत्कृष्ट काम गरेको उदाहरण प्रस्तुत गर्दै कामपाले पनि गर्न सक्ने बताउनुभयो ।

काठमाडौँ महानगरपालिका–७ का वडा अध्यक्ष विमलकुमार होडाले आफु चार दशकदेखि सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनमा सक्रिय भइरहेको बताउनुभयो । सरकारले बन्द भएको जनकपुर चुरोट कारखाना फेरि खोल्ने बजेटमार्फत गरेको घोषणाको विरोध गर्दै वडाध्यक्ष होडाले चुरोट कारखाना खोल्नेभन्दा औषधि कम्पनी खोल्नुपर्नेमा जोड दिनुभयो । सुर्तीजन्य पदार्थ नियन्त्रणमा आफ्नो वडालाई नमूना वडाको रुपमा विकास गर्ने होडाले दाबी गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ स्वास्थ्य पत्रकार एवं हेल्थ टुडे मिडियाका अध्यक्ष पदमराज जोशीले सुर्तीजन्य पदार्थ सेवन गर्नु फाइदाजनक नभएको धेरैलाई जानकारी भए पनि चेतनाको अभावमा व्यवहारमा लागू गर्न नसकिएको बताउनुभयो ।