३० असार २०८३, मंगलवार
,
Latest
न्युयोर्कमा ‘नेपाली–अमेरिकन व्यापार तथा लगानी सम्मेलन २०२६’ घोषणा, नेपाल–अमेरिका आर्थिक सहकार्य विस्तारमा जोड हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी बाढी आउँदा विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द शंकास्पद गतिविधि कसले गरेको रहेछ ? धरान विद्युत् कार्यालयको गाडी दुर्घटनाः दुईको मृत्यु, एक घाइते बागमती प्रदेशले समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल बस्ती जोगाउन तटबन्ध निर्माण सार्वजनिक जग्गा संरक्षणमा सक्रिय पोखरा महानगर देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ पत्रकार विजय चालिसेको निधन , आजै अन्तिम संस्कार



अ+ अ-

काठमाडौं, १६ जेठ । प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार स्वर्गीय विजय चालिसेको आजै अन्तिम संस्कार गरिएको छ ।

चालिसेको आज दिउँसो गोकर्णेश्वर घाटमा अन्तिम संस्कार गरिएको हो । उहाँको अन्तिम संस्कारमा पत्रकार, साहित्यकार लगायत पुग्नु भएको थियो ।

गोरखापत्र दैनिकका पूर्वसम्पादक तथा वरिष्ठ साहित्यकार चालिसेको आज बिहान ९:३० बजे ७४ वर्षको उमेरमा निधन भएको थियो । उहाँले केही समयदेखि अस्वस्थ्य हुनुहुन्थ्यो ।

उहाँको पार्थिव सरिरमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले प्रेस चौतारी नेपालको झण्डा ओढाउनुभएको थियो । गोकर्णेश्वर घाटमा संगठनका पूर्वअध्यक्ष राजेन्द्र अर्याल, पूर्व वरिष्ठ उपाध्यक्ष श्रीधर आचार्य, वरिष्ठ नेता विश्वमणि सुवेदी, उपाध्यक्ष चेतन अधिकारी, महासचिव हीरामान लामा, उपमहासचिव हरिबल्लभ नेपाल, सचिवहरू विष्णु तारुके, नरेश भण्डारी लगायत पुग्नु भएको थियो ।