१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा पुस्तक प्रदर्शनी

पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा पुस्तक प्रदर्शनी
अ अ+ अ-

काठमाडौं । नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक प्रदर्शनी शुरु गरेको छ ।
 
प्रदर्शनीमा साहित्य, समालोचना, बालसाहित्य, कोश, कथा, कविता, इतिहास, लोकसाहित्य, संस्कृति, ललितकला, सङ्गीत र विभिन्न ‘जर्नल’ गरी ४९० प्रकारका पुस्तक एवं पत्रपत्रिका प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा १५ देखि ४० प्रतिशतसम्म सहुलियतमा पुस्तक बिक्री गरिने छ । नेपाली बृहत् शब्दकोश एउटा किन्दा १५ प्रतिशत र दुई वटा किन्नेलाई २० प्रतिशत सहुलियत दिइएको प्रदर्शनीका व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिनुभयो । 
 
प्रदर्शनी १५ दिनसम्म चलाउने तयारी गरिएको छ । पाठकको चाहना बढ्यो भने अवधि थप गर्न सकिने पनि उहाँले सुनाउनुभयो । प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान एवं सांस्कृतिक संस्थानबाट प्रकाशन गरिएका पुस्तक एवं पत्रपत्रिकासमेत राखिएको छ । ललितकला प्रज्ञा–प्रतिष्ठानका प्रकाशनमा भने ५० प्रतिशतसम्म सहुलियत दिइएको छ । 
  
पुस्तक प्रदर्शनी उद्घाटन गर्नुहुँदै कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानका नयाँ प्रकाशनका बारेमा जानकारी दिन पनि १५ दिने कार्यक्रम उपयोगी हुने बताउनुभयो । पाठकको चासो बढ्यो भने प्रदर्शनीको अवधि थप गरिने उहाँले जानकारी दिनुभयो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा तीनवटै प्रतिष्ठान र सांस्कृतिक संस्थानले सोमबार एकीकरण अभियानमा विभिन्न समुदायको सहभागिताका विषयमा प्रवचन कार्यक्रम आयोजना गरेका छन् । 
 
यस अवसरमा आजैदेखि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा कला प्रदर्शनी सुरु गरिएको छ । पुस २७ गते सांस्कृतिक ¥यालीसहित सिंहदरबारको पश्चिम मूलढोकामा पुगी पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने कार्यक्रमसमेत राखिएको कुलपति उप्रेतीले जानकारी गराउनुभयो । त्यसैदिन दिउँसो संस्थानको हलमा नेपालको विविध सांस्कृतिक झाँकीसहितको सांस्कृतिक कार्यक्रम आयोजना गरिने छ ।