८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

बिआरआई परियोजना नेपाल–चीन सम्बन्धको एउटा कोशेढुंगा: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी

बिआरआई परियोजना नेपाल–चीन सम्बन्धको एउटा कोशेढुंगा: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी
अ+ अ-

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय समझदारी संघ (CFAIU) तथा चीनको गान्सु प्रान्त सरकारले संयुक्त रूपमा आयोजना गरेको ‘रेशम मार्गको मूल भावनालाई आत्मसात् गर्दै विश्व सभ्यता पहल कार्यान्वयनमा गति प्रदान गर्दै सहकार्य जुटाउने’ अन्तक्रिया कार्यक्रममा सम्बोधन गर्नुभएको छ ।

पूर्वराष्टपति भण्डारीले रेशम मार्गको मूल भावनालाई आत्मसात् गर्दै विश्व सभ्यता पहल कार्यान्वयनमा गति प्रदान गर्दै सहकार्य जुटाउने’ विषयमा सभ्यता बीच आदानप्रदान र पारस्परिक समझदारी सम्बन्धी चौथो संवाद कार्यक्रममा उहाँले सम्बोधन गर्नुभएको हो ।

पूर्वराष्टपति भण्डारीले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि नेपालको तर्फबाट चीन सरकार, चिनियाँ जनता र गान्सु प्रान्तको सुन्दर तनुह्वाङ शहरमा भेला हुनुभएका सम्पूर्ण मित्रहरूलाई शुभकामना र बधाई लिएर आएको बताउनु भयो

सम्बोधनको पूर्णपाठ

चीन सरकार र चिनियाँ जनताले देखाउनुभएको आत्मीयता र आतिथ्यले मलाई गहिरो रूपमा छोएको छ, जसका लागि म हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु। मैले यस गान्सु प्रान्तको ऐतिहासिक, सुन्दर र पर्यटकीय नगरी तनुह्वाङको अवलोकन भ्रमण गर्ने अवसर पाएँ। यसको प्रबन्ध मिलाउने सबैलाई धन्यवाद दिन चाहन्छु।

उत्तर र दक्षिण सिल्क मार्गका शाखाहरूको संगम बिन्दुको रूपमा रहेको तनुह्वाङ शहरको ऐतिहासिक महत्वलाई हेर्दा सभ्यतासम्बन्धी संवाद कार्यक्रमको आयोजना गर्न यो शहर उत्तम स्थल हो।

म चिनियाँ अन्तर्राष्ट्रिय समझदारी संघ (CFAIU)  लाई यसको उद्देश्यप्रति समर्पित भई चीन र विश्वका अन्य देशहरूबीच समझदारी, सद्भाव र मित्रता प्रवर्द्धन गर्ने कार्यको प्रशंसा गर्दछु।

संसार विविध संस्कृतिहरूको सुन्दर बगैँचा हो — एउटा सांस्कृतिक संगम जहाँ विविध जातीय समूह, भाषा र संस्कृति सहअवस्थित छन्।

विश्व शान्ति, स्थिरता र सद्भाव सुनिश्चित गर्नका लागि विभिन्न संस्कृति र सभ्यताबीच समझदारी बढाउनु अत्यन्त आवश्यक छ।

राजनीतिक, सुरक्षात्मक, आर्थिक, वैचारिक, जातीय र सांस्कृतिक कारणहरू बोकेका विभिन्न प्रकारका द्वन्द्वहरूले संसारलाई ग्रसित बनाएको आजको सन्दर्भमा यो अझ महत्वपूर्ण बनेको छ।

हामीले सबै संस्कृतिहरू एकअर्काको संस्कार र मर्यादालाई सम्मान गर्दै सद्भावमा बाँच्न सकौँ भन्ने प्रयास गर्नुपर्छ, जसबाट सांस्कृतिक कारणले उत्पन्न हुने द्वन्द्व र तनावबाट मुक्त हुन सकियोस्।

द्वन्द्वका अन्य रूपहरू पनि छन्। राज्य र समाजहरूले ती द्वन्द्वहरू समाधान गर्न सम्बन्धित समाजका सांस्कृतिक र सभ्यतागत पृष्ठभूमिलाई ध्यानमा राखेर समाधान खोज्नुपर्छ।

महामहिम राष्ट्रपति सी जिनपिङको दूरदर्शी दृष्टिकोण र अग्रगामी पहलबाट, बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI) ले विश्वव्यापी सम्पर्क र आर्थिक सहयोगलाई प्रवर्द्धन गरेर प्राचीन सिल्क रोडलाई पुनर्जीवित, विस्तार र एकीकृत गर्ने लक्ष्य राखेको छ।

एशिया, अफ्रिका र युरोपभर सडक, रेल, बन्दरगाहा, पाइपलाइन र डिजिटल पूर्वाधार विस्तार गर्नु यस पहलका मुख्य पाटाहरू हुन्।

BRI ले सहभागी देशहरूबीच पारस्परिक समझदारी र सहयोगलाई बढावा दिने माध्यमको रूपमा सांस्कृतिक आदानप्रदानमा विशेष जोड दिएको कुरा उल्लेखनीय छ।

नेपालले पनि ऐतिहासिक रूपमा चीन र भारत बीचको सांस्कृतिक तथा व्यापारिक माध्यमको रूपमा महत्वपूर्ण भूमिका खेलेको थियो, जुन सिल्क रोड आदानप्रदानमा प्रमुख सहभागी थिए।

सन् २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएको सैद्धान्तिक सहमति बमोजिम दुवै देशले सन् २०१७ मा एक रूपरेखा सम्झौतामा हस्ताक्षर गरेपछि नेपाल औपचारिक रूपमा द्यच्क्ष् मा आबद्ध भएको हो।

गत डिसेम्बर २०२४ मा नेपालका प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा नेपाल र चीनले पुन: द्यच्क्ष् सहयोग रूपरेखा सम्झौतामा हस्ताक्षर गरेका छन्।

बिआरआई अन्तर्गत हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल र विकास साझेदारी एवं साझा भविष्यको आधारका रूपमा रहेका छन्।

महामहिम राष्ट्रपति सी जिनपिङले भन्नुभए बिआरआई परियोजना अन्तर्गत नेपाल–चीन बीच भएका समझदारीहरूले भू(आबद्ध राष्ट्र नेपाललाई भूजोडिएको राष्ट्र बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। यो विकास नेपाल–चीन सम्बन्धमा एउटा कोशेढुंगाको रूपमा रहेको छ।

नेपाल–चीन सम्बन्धको सन्दर्भमा, म सन् २०१९ को अक्टोबरमा महामहिम राष्ट्रपति सी जिनपिङको ऐतिहासिक नेपाल भ्रमणलाई स्मरण गर्न चाहन्छु।

सो समयमा नेपालको राष्ट्राध्यक्षको रूपमा मैले उहाँलाई स्वागत गर्ने अवसर पाएको थिएँ। त्यो भ्रमण लगभग २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण थियो।

भ्रमणका क्रममा, हाम्रा दुई देशहरू विकास र समृद्धिका लागि नेपाल–चीन सम्बन्धलाई रणनीतिक साझेदारीमा रूपान्तरण गर्न सहमत भएका थिए।

त्यसैगरी, म सन् २०१९ को अप्रिलमा मैले गरेको चीन भ्रमणको पनि स्मरण गर्न चाहन्छु, जहाँ मैले महामहिम राष्ट्रपति सीसँग महत्वपूर्ण भेटघाट गर्नुका साथै अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड फोरमलाई सम्बोधन गर्ने अवसर पनि प्राप्त गरेकी थिएँ।

यिनै पृष्ठभूमिमा म अहिले चीनमा छु र यस महत्वपूर्ण मञ्चमा सहभागी भएकी छु।

विश्वका प्राचीनतम सभ्यतामध्ये एकका रूपमा, चीनले अगुवाई गरेको ‘विश्व सभ्यता पहल’ ले मानव सभ्यताहरूलाई एकीकृत गर्ने, विभिन्न संस्कृति र सभ्यताबीच उन्नत समझदारी निर्माण गर्ने, आपसी सम्मान, शान्तिपूर्ण सहअवस्थिति र सहयोग प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।

म के कुरामा जोड दिन चाहन्छु भने, अन्य संस्कृतिहरूको सम्मान गर्नु भनेको खुलापन र साझेदारीका लागि बाटो प्रशस्त गर्नु हो र फरक सांस्कृतिक पृष्ठभूमिका मानिसहरूले सामना गर्ने कठिनाइहरूको महसुस गर्नु पनि हो। आज पनि मानवजातिको उल्लेख्य हिस्सा भयावह गरीबीको चक्रबाट बाहिर निस्कन संघर्ष गरिरहेको छ। गान्सु प्रान्त जनसरकार र चिनियाँ अन्तर्राष्ट्रिय समझदारी संघ (CFAIU) को यो कार्यले यी कठिनाइबाट विश्व समुदायलाई सहज वातावरण निर्माण गर्न मद्दत गर्नेछ।

यसैगरी, यस्तो महत्वपूर्ण फोरम आयोजना गरेर चीनले ‘विश्व सभ्यता पहल’ कार्यान्वयनमा देखाएको अग्रसरता सराहना गर्दै यसको सफलताको कामना गर्दछु।

https://www.facebook.com/newspolar/videos/694280779847727/