१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

गौतमबुद्ध क्रिकेट रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिन्छः मेयर दाहाल (भिडियो सहित)

गौतमबुद्ध क्रिकेट रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिन्छः मेयर दाहाल (भिडियो सहित)
अ अ+ अ-

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताउनु भएको छ । 

मेयर दाहालले धुर्मुस–सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताउनु भएको हो । आइतबार न्यूज एजेन्सी नेपालसँग भरतपुरमा आफ्नै कार्यालयमा कुरा गर्दै मेयर दहालले धुर्मुस–सुन्तली फाउण्डेशनले आफूलाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट पनि सोचेअनुरुपको सहयोग प्राप्त नभएकोले महानगरलाई स्वामित्व लिन आग्रह गरेको र महानगरले अब रंगशालाको लागि काम अघि बढाउने बताउनु भयो । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा मेयर दाहालले सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रंगशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजनाअनुसार काम अघि बढाउन संघीय सरकारलाई आग्रह गर्ने बताउनु भयो ।

मेयर दाहालले भन्नुभयो, ‘हामीले प्रक्रिया अघि बढाइसकेका छौँ । हुनत हाम्रो सम्झौताअनुसार महानगरपालिकाले जग्गा उपलब्ध गराउने, त्यो खालको वातावरण निर्माण गरिदिने र श्रोत जुटाएर निर्माण सम्पन्न गर्ने, दायित्व धुर्मस सुन्तली फाउण्डेशनको हो । महानगरले जग्गा उपलब्ध गराउने र वातावरण निर्माण गरिदिने भन्ने हो, त्यसका बाबजुद पनि महानगरले श्रोत जुटाउन आर्थिक सहयोग पनि जुटायौँ । राम्रो सहयोग जुटेको हो । आन्तरिक आयबाट पनि बजेट विनियोजन गरेर हस्तान्तरण गरेको हो । 

लगभग १० करोड बजेट महानगरको आन्तरिक बजेटबाट उपलब्ध गराएको हो । महायज्ञ धनधान्याञ्चल आयोजना गरेर पनि सहयोग गरेका हौँ।  १८÷२० करोडको बजेट फाउण्डेशनलाई उपलब्ध गराएको हो । उहाँहरुले १७ करोड ऋण लागिसक्यो गर्न सक्ने स्थिती भएन भनेपछि ऋण लगाएर गर्ने कुरा भएन । उहाँहरुले हामीले श्रोत जुटाउन सकेनौँ, त्यसकारण महानगरपालिकाले स्वामित्व ग्रहण गरिदिनुपर्छ भनेर आग्रह गरेपछि हामीलाई पत्र पनि दिनुभयो र उहाँहरुले फाउण्डेशनको तर्फबाट आर्थिक र प्राविधिक प्रतिवेदन पेश गरेपछि यो बहुवर्षिय योजनाअनुसार अघि बढाउन र ऋण तिर्न पनि संघीय सरकारलाई आग्रह गर्छौं । सरकारले जिम्मेवारीबाट पन्छिन मिल्दैन, स्वामित्व लिन्छ । सबै सरकारको आपसी र समझदारीबाट यो योजनालाई अघि बढाउँछौँ ।’

मेयर दाहालले  चितवन राजनीतिको केन्द्रबिन्दु बन्नुको पछाडि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) रहेको दाबी गर्नुभयो । उहाँले देश शान्तिप्रक्रिया यता प्रचण्डकै वरिपरि रहेको र देशका हरेक समस्याको समाधान अध्यक्ष दाहालबाट नै भएको बताउनु भयो ।

उहाँले प्रचण्ड चितवनको जनप्रतिनिधि बनेपछि छोटो समयमै जिल्लाको कायापलट भएको बताउनु भयो । मेयर दाहालले महानगरको विकास र शीर्षस्थ नेतृत्वको कारण जिल्लाले छोटो समयावधिमै विकास निर्माणका कामलाई गति दिएको उल्लेख गर्नुभयो ।

मेयर दाहालले भन्नुभयो, ‘राजनीतिको केन्द्रबिन्दु चितवन बन्नुमा मलाई के लाग्छ भने राजनीतिको  एउटा उथलपुथल क्रान्ति गरेर यो देशलाई परिवर्तनको बिन्दुमा ल्याउने नेतृत्व, अध्यक्ष कम्रेड प्रचण्ड । आखिर देश त उहाँकै वरपर घुमेको छ । २०६४ देखि यहाँसम्म आइपुग्दा । शान्तिप्रक्रियादेखि यहाँसम्म आइपुग्दा । हरेक कालखण्डमा देशमा ठूला समस्या शंकट आउँदा पनि आखिर देशको समस्याको निकास दिने व्यक्ति र पार्टी भनेको अध्यक्ष कम्रेड प्रचण्ड, माओवादी पार्टी । प्रचण्ड यहाँको नभइ अन्यत्र जिल्लाको प्रतिनिधि हुँदा चितवनको अवस्था के थियो ? त्यो आकर्षण चितवनमा थिएन । 

अध्यक्ष कम्रेड चितवन जिल्लाबाट जब जनप्रतिनिधिको रुपमा आउनु भयो । तब यो छोटो अवधिमा चितवनको चर्चा, परिचर्चा कस्तो छ ? राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा, आम सबै हिसावले ।अहिले हरेक गतिविधि राजधानी काठमाडौं भन्दा पनि चितवन केन्द्रित छन् । विभिन्न पार्टीका सभा सम्मेलन, मेला, प्रदर्शनी, किन भइरहेका छन् भन्दा जसरी देश उहाँकै वरपर घुमिरहेको छ, त्यसैगरी उहाँ यहाँबाट प्रतिनिधित्व गरेको कारणले गर्दा चितवन जिल्लाको महत्व बढेको छ । अर्को कुरा भरतपुर महानगरपालिकामा जुन ढंगले विकास भएको छ, विकासको चर्चा, परिचर्चाका कारणले पनि, वैकल्पिक राजधानीको रुपमा यो स्वतःस्फूर्तः बन्दै गइरहेको छ । चितवन जिल्ला व्यवसायिक, आर्थिक केन्द्रको रुपमा, मेडिकल सिटीको रुपमा, शैक्षिक हबको रुपमा, उत्पादनको केन्द्रको रुपमा, कृषि हबको रुपमा, हामी दुध, माछाको राजधानी, हामी आत्मनिर्भर छौँ ।’

मेयर दाहालले आफ्नो साढे ४ वर्षको कार्यकालमा जनताले सोचेको र जनतासँग वाचा गरे भन्दा धेरै काम गरेको दाबी गर्नुभयो । उहाँले चितवन जिल्ला अहिले दुग्ध उत्पादन, माछा, केराखेती, कृषिको क्षेत्रमा आत्मनिर्भर रहेको बताउनु भयो । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर दाहालले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि महानगरले उल्लेख्य काम गरेको र आगामी दिनमा कृषि, शिक्षा, स्वास्थ्यको हब चितवन बनाउने दाबी गर्नुभयो । उहाँले शीर्षस्थ नेताहरु भएको ठाउँको विकास अलि चाँडै हुने गरेको त्यसको प्रभाव चितवनमा पनि परेको बताउनु भयो । मेयर दाहालले शीर्षस्थ नेता चितवनको जनप्रतिनिधि भएकोले गर्दा अर्बौं बजेटका योजनाहरु गर्न सफल भएको बताउनु भयो ।

मेयर दाहालले भन्नुभयो, ‘साढे ४ वर्षमा ५३ काम भनेको संक्षिप्त हो । हामीले ५३ दुना काम गरेका छौँ । महानगरपालिकाले राष्ट्रिय गौरवका आयोजनाहरु, महानगर गौरवका आयोजनाहरु, सडक पूर्वाधार, भौतिक पूर्वाधारहरु, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, समग्र क्षेत्र, सुशासनको क्षेत्र, रोजगारी सिर्जना लगायतका क्षेत्रमा महानगरपालिकाले विकासको सन्तुलित मोडल र खाका अनुसार हामी अघि बढेका छौँ । चुनावी दौरानमा जनताको बीचमा गरेका वाचा भन्दा धेरै माथि उठेर काम गरेका छौँ । सडक पूर्वाधारको क्षेत्रमा सोचेभन्दा बढी उपलब्धि प्राप्त गरेका छौँ । भौतिक पूर्वाधारमा पनि महानगरपालिका भित्र रहेका वडका कार्यालय भवनहरु १६ वटा त नयाँ बनाएका छौँ । शिक्षाको क्षेत्रमा विद्यालय भवन, विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तरका योजनाहरु, तीन वर्षको तथ्यांक अनुसार महानगरपालिकामा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या भर्ना दर साढे ६ हजार विद्यार्थीहरु बढाउन सफल भएका छौँ । 

सरकारी विद्यालयमा भर्ना हुने क्रम तीव्र ढंगले बढेको छ । ५ वर्षको हाम्रो कार्यकालमा १० हजार विद्यार्थी निजीबा सरकारीमा आउने हाम्रो संकल्प छ । हामी सफल हुन्छौँ । हामी माछामा, दुग्ध उत्पादनमा, पोल्टिमा आत्मनिर्भर छौँ । तरकारीमा, केरा खेतीमा आत्मनिर्भर छौँ । स्वास्थ्यको क्षेत्रमा पनि हामी सबल छौँ । त्यो त पक्का हो नि । एक त आफ्नो संकल्प पनि हो । आफ्नो इच्छाशक्ति पनि हो । दोस्रो कुरा अलिकति पहुँच पनि हुनुपर्छ । डडेलधुरा जिल्लाको विकास भएको छ, के कारण भन्दा पहुँचवाला नेता भएको कारण । शेरबहादुर देउवाज्यू नेपाली काँग्रेसको सभापति हुनुहुन्छ, धेरैपटक प्रधानमन्त्री बन्नुभएको छ । त्यो जिल्लको नेतृत्व उहाँले गर्नुभएको छ । जसका कारण पहुँच भएकै आधारमा अरु जिल्लाको भन्दा त्यो ठाउँको विकास भएको छ । 

शीर्षस्थ नेताहरुको भएको अन्य जिल्लाहरुको पनि विकास भएको छ । पहुँचवाला प्रतिनिधि हुनु र नहुनुमा अन्तर त देखियो ।यहाँ पनि म त्यो होइन भन्न सक्दिन । त्यो कुरा स्वभाविक हो नै । हिजो मुलुक परिवर्तनको लागि पनि हामी निःस्वार्थ ढंगबाट व्यक्तिगत चाहनाहरुलाई गुमाएर मुलुक परिवर्तन र जनताको अधिकारका लागि होमिएको हो । संविधानसभाको सदस्यको रुपमा काम गरेको, सबैतिरबाट चिरपरिचित हुनुको नाताले पनि सबैतिर समन्वय, सहकार्य भएको छ । 

चितवन जिल्लाले शीर्षस्थ नेतृत्व, राजनेता अध्यक्ष कम्रेड प्रचण्ड पाएको छ । यो भन्दा अघि शीर्षस्थ नेता नपाएकोले हिजोको दिनमा मध्यभागमा भएर पनि चितवन जिल्लाको विकास सोचेअनुरुप भएको थिएन । साढे तीन वर्षको अवधिमा लगभग कायायपलट हुने हिसावले विकास भएको छ । ६१० किलोमिटर बाटो पिच हुने कुरा, हिजो ६ किलोमिटर हुन हम्मेहम्मे थियो । अन्तर्राष्ट्रिय स्तरको सिटि हलको योजना, अन्तर्राष्ट्रिय स्तरको एक्स्पो सेन्टर, क्रिकेट रंगशालाका योजनाहरु, नारायणी किनारलाई सिभिज मोडेलबाट विकास गर्ने भनेका छौँ । नारायणी तटबन्ध्मनका योजना, सिक्स लेन सडक, फोर लेन सडक, हुलाक सडकका योजनाहरु यी सबै योजना सजिलै भएको छैन ।  सजिलै हुन्थ्यो भने हिजो पनि हुन्थ्यो । हिजो पनि निर्वाचन भएको थियो प्रतिनिधि हुन्थे । मन्त्री भए प्रधानमन्त्री समेत भए । तत्कालीन अवस्थामा चितवन क्षेत्र नम्बर ४ बाट जितेर सुशील कोईराला प्रधानमन्त्री बन्नुभयो । 

तर हामीले दृढशक्तिका साथ काम गरेका छौँ । शीर्षस्थ नेता पाएका छौँ । चितवन जिल्लाको लागि उहाँ कम्रेड प्रचण्ड आवश्यक हो । यदी उहाँ यो क्षेत्रमा नभएको भए त्यो विकास यति थोरै समयमा हुँदैन थियो भन्ने कुरा आम जनतालाई थाहा छ । पहुँच नभइकन यत्तिका अर्बौं योजना सम्भव थिएन, खानेपानीमा मात्रै ३ अर्ब ७० करोड छ । लगभग ४ अर्ब ७२ करोडको नारायणी तटबन्धनको बहुवर्षीय योजनाका लागि स्वीकृत भएको छ ।’

मेयर दाहालले महानगरले रोजगारी सिर्जना गर्न, विकासलाई तीव्रता दिनका लागि काम गरिरहेकोले जनताले यसलाई मूल्यांकन गरिरहेको बताउनु भयो । उहाँले चितवन जिल्लाका लागि प्रचण्ड आवश्यक रहेको भन्दै पहुँच बिना अर्बौंका योजना शुरु गर्न सम्भव नभएको बताउनु भयो । मेयर दाहालका अनुसार आफ्नो कार्याकालमा महानगरमा ३ अर्ब ७० करोडको खानेपानी योजना र ६१० किलोमिटर सडक निर्माण भएको छ । उहाँले महानगरको ५ वर्षे कार्याकालमा निजी विद्यालयबाट १० हजार विद्यार्थीहरुलाई सरकारी विद्यालयमा भर्ना गराउने योजना भएको र त्यसअनुसार सफल भइरहेको बताउनु भयो ।