काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले निर्देशिकामा आउने कुराहरु बजेटमा आएको आरोप बताउनुभएको छ ।
आर्थिक वर्ष २०८२/०८३ का लागि अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रश्तुत गर्नुभएको बजेटबारे प्रतिक्रिया दिँदै प्रमुख सचेतक शाहीले राष्ट्र बैंकले निर्देशिकाले ल्याउने कुराहरु बजेटमा ल्याइएको आरोप लगाउनुभएको हो ।
उहाँले बजेट विगतका वर्षहरुमा आएजस्तै पुरातनवादी नै भएको र नयाँ केही नभएको भन्दै काम गर्नका लागि कर्मकाण्डी रुपमा आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो बजेटमा निर्देशिकामा आउने कुरा बजेटमा आएको छ । राष्ट्र बैंकले निर्देशिकामा ल्याउने कुराहरु बजेटमा ल्याइएको छ । बजेट पुरातनवादी नै छ केही नयाँ छैन । काम गर्नका लागि एउटा कर्मकाण्ड हो बजेट पनि कर्मकाण्डी नै छ ।’
उहाँले काम गर्नका लागि कर्मकाण्डी बजेट ल्याएको आरोप लगाउनु भयो ।










