४ पुष २०८२, शुक्रबार
,
Latest
संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा एमालेमा कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडकमा निस्किँदा मास्क अनिवार्य, नलगाए पक्राउ



अ+ अ-

काठमाडौंं । लकडाउन जारी रहेका बेला सडकमा भिडभाड बढ्न थालेपछि गृह मन्त्रालयले घर बाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य गरेको छ ।  सोमबार गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिँदै सडकमा हिँड्दा मास्कको प्रयोग अनिवार्य गराउन भनेको हो ।

लकडाउन जारी रहेका बेला आमसर्वसाधारणलाई काम नपरी घर बाहिर ननिस्कन भनेको मन्त्रालयले मास्क नलगाई अटेर गरी जथाभावी रूपमा सडकमा निस्किए पक्राउ गरिने जनाएको छ । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने बताए ।

‘कोरोना संक्रमणको खतरा कायमै छ, लकडाउनसमेत जारी छ, यस्तो अवस्थामा काम नपरी घरबाट बाहिर ननिस्कन र निस्कनै परे मास्क प्रयोग गर्न भनेका हौं । मास्क नलगाई हिँडे प्रहरीले पक्राउ गर्न सक्छ,’ अधिकारीले भने ।
प्रहरीले सोमबारबाटै मास्क नलगाई सडकमा हिँड्नेहरूलाई पक्राउ गर्न थालिएको र देशभर मातहतलाई सोहीअनुसार गर्न निर्देशन गरिएको बताएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डिआइजी निरजबहादुर शाहीले सडकमा हिँड्दा मास्कको प्रयोग अनिवार्य गरिएको र मास्क प्रयोग नगर्नेलाई पक्राउ गरिने बताए ।

‘सडकमा हिँड्दा मास्कको प्रयोग अनिवार्य गरिएको र मास्क प्रयोग नगर्नेलाई पक्राउ गर्न देशभरका मातहतका निकायलाई निर्देशन भइसकेको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता शाहीले भने ।

गृहले आम सर्वसाधारणमा जरुरी कामबाहेक घरबाहिर ननिस्कन, निस्कँदा अनिवार्य मास्क लगाउन तथा एकअर्काबीच कम्तीमा दुई मिटरको सामाजिक दूरी कायम गर्न पटक पटक आग्रहसमेत गरिसकेको छ ।

सोमबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सिसिएमसी)को बैठकमा भएको छलफलमा गृहसचिव महेश्वर न्यौपानेले संक्रमण कायमै रहेका कारण थप सतर्कता आवश्यक रहेको बताएका थिए ।

बैठकलगत्तै गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई मास्क प्रयोग नगर्ने र अटेर गर्नेलाई कारबाही गर्न निर्देशन दिएको हो ।, समाचार राजधानी ददैनिकमा प्रकाशित छ ।