२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले रसुवाको अध्यक्षमा कर्णेल तामाङ निर्वाचित



अ+ अ-

रसुवा । नेकपा (एमाले) रसुवाको अध्यक्षमा कर्णेल तामाङ निर्वाचित हुनुभएको छ । 

नेकपा एमालेको सदरमुकाम धुञ्चेमा सम्पन्न आठौं जिल्ला अधिबेशनबाट तामाङको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । 

 तामाङ दोस्रो पटक जिल्ला अध्यक्ष पदमा निरन्तरता पाउनुभएको छ । यसैगरी उपाध्यक्षमा डिल्लीप्रसाद सुवेदी, सचिवमा जर्नादन ढकाल, उपसचिवमा कैसाङनुर्पु तामाङ र बेली बुलुन निर्विरोध निर्वाचित हुनुभएको नेकपा एमाले जिल्ला कमिटी रसुवाले जनाएको छ । 

जिल्ला कार्यसमितिमा पदाधिकारी सहित ९० जना हुनुपर्नेमा अधिवेशनबाट ७५ जना निर्वाचित भइसकेको र बाँकी समितिको बैठकमार्फत मनोनित गरिने अध्यक्ष तामाङले जानकारी दिनुभयो ।