६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी आक्रमणका बेला जङ्गलमा गएका थिए युक्रेनका किसान, बाहिर आउनेबित्तिकै बने अर्बौंको मालिक !



अ+ अ-

एजेन्सी । रुस र युक्रेनबीचको युद्धले खतरनाक मोड लिएको छ । फेब्रुअरी २४ बाट सुरु भएको दुई देशबीचको युद्ध अझै समाप्त हुने देखिँदैन । रुसको आक्रमणले युक्रेनमा विनाश मच्चाएको छ । यी आक्रमणहरूमा १५ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । 

युक्रेनको दाबी अनुसार यस युद्धमा रुसी सैनिक पनि मारिएका छन् । यस युद्धको बीचमा, युक्रेनका एक किसानको भाग्य खुल्न पुगेको छ । सामाजिक सञ्जालमा यी किसानको कथा भाइरल भइरहेको छ । 

रुसी आक्रमणको बेला, एक युक्रेनी किसान हिड्न जंगलमा गए। सबैभन्दा अचम्मको कुरा के छ भने किसान जङ्गलबाट निस्केपछि १५ अर्ब रुपैयाँको मालिक बनेका थिए । जंगल भित्र, किसानले रूसी सेनाको ट्यांक भेट्टाए, जुन उनले लुटे । रुसको मिलिटरी ट्याङ्क चोरेर यी किसान अर्बौंको मालिक बने । 

सामाजिक सञ्जालमा भाइरल भएको तस्विरमा किसान ट्याङ्कीमा सवार रहेको देखिन्छ । रुसले युक्रेनमा आक्रमण गर्दा गरिब किसान जंगलमा गएका थिए । उनी अर्बौंको ट्याङ्की लिएर जंगलबाट निस्किएका हुन् ।

यो ट्याङ्की मिसाइल मार्फत आक्रमण गर्न सकिन्छ। उक्त व्यक्तिले यो ट्याङ्की आफ्नो घर बाहिर पार्क गरेको बताउँछन् । कृषकको खबर ट्विटरमा ओरिक्स नामको अकाउन्टबाट सेयर गरिएको छ ।

यस समाचारमा उक्त किसानको नाम इगोर रहेको बताइएको छ, जो हरेक बिहान जङ्गलमा घुम्न जाने गर्थे । एक दिन बिहान जङ्गलबाट आउँदा रुसी सेनाको 9K330 Tor SAM ट्याङ्क लिएर आए । उनले यो ट्याङ्की जंगलमा फेला पारेका थिए । यसपछि गरिब किसान अर्बपति बने । इगोरले फेला पारेको ट्याङ्कीको नाम 'द टोर' हो । यो ट्याङ्की सोभियत संघमा निर्माण गरिएको हो जुन निकै शक्तिशाली छ ।

यो ट्याङ्की धेरै शक्तिशाली छ । यसलाई मध्यम र छोटो दुरीमा सतहबाट हावामा मार हान्न सक्ने मिसाइलहरूद्वारा आक्रमण गर्न सकिन्छ । यो प्रयोग गरेर हेलिकप्टर, लडाकु विमान, मिसाइलहरू नष्ट गर्न सकिन्छ।