१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी मोर्चा गतिशिल हुन सकेन, अरु पार्टीसँग तत्काल एकता सम्भव छैनः माधव नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अन्य राजनीतिक दलहरुसँग तत्काल एकतावद्ध हुन नसकिने बताउनुभएको छ ।

गणतन्त्र दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बिहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहँँले तत्काल अन्य राजनीतिक दलहरुसँग एकतावद्ध भएर जाने सम्भावना नरहेको भन्दै सहकार्य गर्ने कुरामा विचार मिल्नेहरुसँग सहकार्य गर्न तयार रहेको बताउनु भयो । उहाँले अझै पनि कतिपयसँग मोर्चा बनाएर सँगै अघि बढ्न आफूहरु तयार रहेको बताउनु भयो । अध्यक्ष नेपालले समाजवादी मोर्चा गतिशिल हुन नसकेको भन्दै आफूहरुले पनि सक्रियता देखाउनुपर्ने बताउनु भयो । समाजवादी मोर्चालाई सक्रिय बनाउन झक्झक्याउनुपर्ने जरुरी रहेको बताउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘अहिले नै अरु पार्टीहरुसँग एकतावद्ध भएर जाने सम्भावना देखिँदैन । तर हामी सहकार्य गर्ने कुरामा विचार मिल्नेहरुसँग सहकार्य गर्दै अघि बढ्न तयार छौँ । अझै कतिपयहरुसँग मोर्चा बनाएर पनि सँगसँगै अघि बढ्न पनि तयार छौँ । हामीले निर्माण गरेको समाजवादी मोर्चा गतिशिल हुन सकेको छैन । यसमा हामीले पनि अझै भुमिका खेल्ने कुरामा कहीँ कमजोरी रहेको छ भने सक्रिय भुमिका पनि खेल्नुपर्छ । अरुले खेलेनन् त्यो हाम्रो गुनासोको विषय होला । तर हामीले पनि झक्झक्याउनुपर्ने, हामीले पनि सक्रियता लिनुपर्ने आवश्यकता छ । त्यसो भयो भने समाजवादी, वामपन्थी शक्तिहरु एक ठाउँमा आउन सक्छन् । सहकार्य अघि बढ्दै जानसक्छ ।’

कम्युनिष्ट पार्टीको विकल्प अरु कुनै पार्टीहरु नरहेको बताउनु भयो । पुँजीवादी र दृष्टिकोण नभएका पार्टीहरले देशको रुपान्तरण र विकास गर्न नसक्ने बताउनु भयो ।