१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

तुर्कमेनिस्तानमा ‘नर्कको ढोका’ निभाउन आदेश

तुर्कमेनिस्तानमा ‘नर्कको ढोका’ निभाउन आदेश
अ अ+ अ-

तुर्कमेनिस्तानका राष्ट्रपतिले देशमा रहेको ‘गेटवे टु हेल’ निभाउन आदेश दिएका छन् ।

तुर्कमेनिस्तानको उत्तरमा एउटा ठूलो खाडल छ जसलाई ‘गेट्स अफ हेल’ अर्थात ‘नर्कको ढोका’ भनिन्छ।

काराकुम मरुभूमिले तुर्कमेनिस्तानको ७० प्रतिशत भाग ओगटेको छ। यो ३.५ लाख वर्ग किलोमिटर मरुभूमिको उत्तरतर्फ गेट क्रेटर नामको ठूलो खाडल छ ।

६९ मिटर चौडा र ३० मिटर गहिरो खाडलमा विगत केही दशकदेखि आगो बलिरहेको छ तर यसको कारण कुनै ‘शैतान’ नभई यसबाट निस्कने प्राकृतिक ग्यास (मिथेन) हो ।

राष्ट्रपति गुरबांगुली बेर्दीमुखमेदोभ यसलाई वातावरणीय र स्वास्थ्य कारणका साथै ग्यास निर्यात बढाउने प्रयासका लागि हेर्न चाहन्छन्।

एक टेलिभिजन सन्देशमा राष्ट्रपति गुरबांगुलीले भने, “हामीले महत्त्वपूर्ण प्राकृतिक स्रोतहरू गुमाउँदैछौँ, यो हाम्रा लागि ठूलो फाइदा हुन सक्छ। हामीले यसलाई हाम्रा जनताको जीवन सुधार गर्न प्रयोग गर्न सक्थ्यौँ।”

उनले अधिकारीहरूलाई आगो निभाउने कुनै तरिका खोज्न आदेश दिए। तर तुर्कमेनिस्तानले ‘गेटवे टु हेल’ मा लागेको आगो निभाउने प्रयास गरेको यो पहिलो पटक भने होइन। यसअघि सन् २०१० मा राष्ट्रपतिले विज्ञहरुलाई यो आगो निभाउने उपाय खोज्न आग्रह गरेका थिए ।

खाडल कहिले बन्यो ?

सन् १९७१ मा सोभियत सङ्घका भूवैज्ञानिकहरूले काराकुम मरुभूमिमा कच्चा तेलको भण्डार खोजिरहेको धेरै मानिसले विश्वास गर्छन् । यहाँ एक ठाउँमा प्राकृतिक ग्यासको भण्डार फेला परे पनि खोजीका क्रममा त्यहाँको जमिन धसिएर तीनवटा ठूला खाल्डा बनेका छन् ।

यी खाल्डाबाट मिथेन चुहिने खतरा थियो, जुन वायुमण्डलमा पग्लिन सक्छ। एक सिद्धान्तअनुसार यसलाई रोक्नका लागि भूवैज्ञानिकहरूले तीमध्ये एउटामा आगो लगाएका थिए। केही साताभित्रै मिथेन निस्किने र आगो आफैँ निभाइने उनीहरुको विश्वास थियो ।

तर क्यानाडाली अन्वेषक जर्ज कोरोनिसले यो पक्षमा कुनै कागजातहरू फेला पार्न नसकेको बताए । सन् २०१३ मा नेसनल जियोग्राफिक च्यानलका लागि बनाइएको एक कार्यक्रमका क्रममा एक खोज टोली तुर्कमेनिस्तानको यस क्षेत्रमा पुगेको थियो । जर्ज कोरोनिस यस टोलीका सदस्य थिए। यो खाडलमा ‘निरन्तर दन्किरहेको’ आगो वास्तवमा कहिलेबाट सुरु भयो भनेर उनी पत्ता लगाउन खोजेका थिए ।

गोपनीयता

इतिहासकार जेरोनिम पेरोभिकका अनुसार ‘नर्कको ढोका’ बारेका रहस्यहरू पूर्णतया तार्किक छन्। जेरोनिमले बीबीसीलाई भने, “यो सोभियत सङ्घको समयमा कसरी काम भयो भन्ने सङ्केत हो। त्यसबेला सफल भएका अभियानहरू मात्र सार्वजनिक गरिन्थ्यो तर असफल भएकाहरूलाई भने भनिएन। यदि स्थानीयले केही गल्ती गरेका छन् भने अरुले यसबारेमा थाहा नपाउन् भन्ने उनीहरु चाहन्थे ।”

मरुभूमिको बीचमा यो आगोको खाडल निस्किएको हुनाले यसबाट जनधनको क्षति हुने डर पनि थिएन र यसको प्रभाव पनि नगण्य थियो ।

सोभियत सङ्घमा त्यतिबेला प्राकृतिक ग्यास वा इन्धनको अभाव थिएन । उसले हरेक वर्ष सात लाख घनमिटर प्राकृतिक ग्यास उत्पादन गर्ने गरेको विज्ञहरू बताउँछन् । यस्तो अवस्थामा ग्यास जलाउनु नै उनीहरूका लागि व्यावहारिक विकल्प हुनसक्छ ।

उनी भन्छन्, “स्विजरल्याण्ड जस्तो देशले हरेक वर्ष १५ हजारदेखि १६ हजार घनमिटर प्राकृतिक ग्यास प्रयोग गर्दथ्यो, तर त्यसको चार गुणा जलाउनु सोभियत सङ्घका लागि ठूलो कुरा होइन । यसका लागि पाइपलाइनमा हालेर अर्को ठाउँमा लैजानुपर्छ भन्ने तर्कसङ्गत सोच्नुको साटो जलाउने निर्णय गरेका थिए । प्राकृतिक ग्यासलाई अन्यत्र सार्न उनीहरूले यहाँ ठूलाठूला निर्माण कार्य गर्नुपर्थ्यो।”

कोरोनिस अनुसन्धान टोलीका सदस्य माइक्रोबायोलोजिस्ट स्टीफन ग्रीनका अनुसार ‘मिथेनलाई वातावरणमा अनियन्त्रितरूपमा छोड्नु नराम्रो विचार हो’ र यसलाई जलाउने निर्णय बुझ्न सकिन्छ।

“यो धेरै खतरनाक हुन सक्छ। किनभने जबसम्म आगो लागिरहन्छ, मिथेन एक ठाउँमा जम्मा हुँदैन, नत्र समय समयमा ठूलो विस्फोट हुने खतरा रहन्छ”, उनले भने ।

कार्बनडाइअक्साइड ग्यास वायुमण्डलमा छोड्नु हानिकारक छ तर मिथेन ग्यास वायुमण्डलमा छोड्नु त्योभन्दा बढी हानिकारक छ। इराक, इरान र अमेरिका जस्ता धेरै देशले पनि यसलाई वायुमण्डलमा छोड्नुको सट्टा जलाउँछन्।

जेरोनिम पेरोभिक भन्छन्, “दुर्भाग्यवश यो एउटा समस्या हो जसको समाधान अहिलेसम्म फेला परेको छैन।”

धेरै मानिस आगो हेर्न जान्छन्

यो खाडल तुर्कमेनिस्तानको सबैभन्दा लोकप्रिय पर्यटक आकर्षणहरू मध्येको एक हो।

तुर्कमेनिस्तानका राष्ट्रपतिले आफ्नो एक टेलिभिजन अन्तर्वार्तामा भने, “हामीले हाम्रा बहुमूल्य प्राकृतिक स्रोतहरू गुमाउँदैछौँ जसबाट हामीले लाभ उठाउन सक्छौँ। साथै तिनीहरूलाई हाम्रा जनताको हितको लागि प्रयोग गर्न सक्छौँ ।”

उनले आगो नियन्त्रणका लागि प्रभावकारी पहल गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् । तर यसअघि पनि आगो निभाउन धेरै प्रयास भइसकेको छ । यसअघि सन् २०१० मा पनि राष्ट्रपतिले आगो निभाउने उपाय खोज्न विज्ञलाई निर्देशन दिएका थिए ।

सन् २०१८ मा राष्ट्रपतिले औपचारिकरूपमा यसको नाम परिवर्तन गरी ‘शाइनिङ अफ काराकुम’ राखेका थिए ।

बर्सेनि करिब छ हजार पर्यटक आउने यो देशका लागि मिथेन उड्ने खाडल देशकै सबैभन्दा ठूलो पर्यटकीय गन्तव्य बनेको छ । काराकुम मरुभूमिमा रहेको यो खाडल रातमा पनि टाढाबाट देखिन्छ र धेरै पर्यटक यसलाई हेर्न जान्छन्।