काठमाडौं। भोलि गणतन्त्र दिवसका दिन राजावादीले गर्ने प्रदर्शनका लागि प्रशासनले दिउँसो २:३० बजेपछि मात्र रत्नपार्क प्रवेशको अनुमति दिएको छ।
काठमाडौं प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले यो निर्णय गरेको हो। एमालेले बिहान ११ बजे भृकुटीमण्डपमा गणतन्त्र उत्सवको कार्यक्रम राखेकाले त्यसपछि मात्र राप्रपा लगायतका समूहलाई प्रदर्शनको अनुमति दिइएको प्रशासनले जनाएको छ।
सरकारी कार्यक्रम टुँडिखेलमा १२ बजेभित्र सकिने र एमालेको कार्यक्रम २ बजेभित्र सकिने भएकाले त्यसपछि मात्र प्रदर्शन गर्न पाउने प्रशासनको स्पष्ट निर्देशन छ। निर्धारित समयअघि कुनै कार्यक्रम गर्न नपाइने प्रशासनको भनाइ छ।










