२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय

बर्षको कति करोडको काजु र बदाम खान्छन् नेपालीले !

बर्षको कति करोडको काजु र बदाम खान्छन् नेपालीले !
अ अ+ अ-

काठमाडौँ । सोधपुछ  गर्ने हो भने काजु र बदामको स्वाद नपाउने व्यक्ति यहाँ भेटिदैन तर उत्पादनमा खासै साचो दखाएको  पनि पाइँदैन । निजी क्षेत्रको केही चासो देखिए पनि सरकारी निकायबाट भने अझैसम्म काजु र बदामको उत्पादनमा ठोस पहल भएको पाइँदैन । उच्च वर्गले धेरैजसो, मध्यम वर्गीय परिवारले कम र निम्न वर्गले कहिलेकाहीँ काजु र बदामलाई सुख्खा फलफूलका रुपमा खाने गरेको पाइन्छ । 

कृषि तथा पशुपक्षी विकास मन्त्रालय स्रोत भन्छ, “धान, मकै र गहुँको उत्पादन नै पु¥याउन नसकिएका बेला कता काजु र बदामको उत्पादनमा चासो देखाउने ।” मन्त्रालयका अधिकारीको जवाफ नेपालको संविधानसँग जोडिएको छ । संविधानले खाद्यान्नको सुनिश्चिता प्रदान गरेको छ । भन्सार विभागको तथ्याङ्कलाई आधार मान्ने हो भने आफ्नो उत्पादनले नपुगेका कारण वार्षिक झण्डै रु दुई अर्बको चामल आयात भएको देखिन्छ । 

अंग्रेजीमा बदामलाई ‘आलमण्ड’ भनिन्छ । नेपालीले आलमण्डलाई बदाम र हाडे बदामको नामले चिन्दछन् । बदाम मध्यम खालको रुखमा फल्ने फल हो । यो आरु, आरुपखडा, खुर्पानीजस्ता प्रजातिको रुखमा पर्दछ । कृषि विभागका अनुसार नेपालमा बदाम खेतीका लागि प्रचुर सम्भावना भए पनि यसको व्यावसायिक खेती हुन सकेको छैन । खेर गइरहेको सुख्खा जमिन जहाँ आरु र आरुपखडाको खेती हुन्छ त्यहाँ बदामको पनि सजिलै खेती गर्न सकिन्छ । त्यसैगरी काजु पनि तराईको उष्ण प्रदेशीय क्षेत्र जस्तै धनुषा, सिरहा, सप्तरीलगायत अन्य केही जिल्लामा खेती गर्न सकिने सम्भावना छ ।

नेपाली बजारमा काजु प्रतिकेजी रु दुई हजार दुई सयदेखि रु दुई हजार पाँच सयसम्म र बदाम रु दुईहजार आठसयदेखि रु तीन हजार सम्ममा खरिद गर्न सकिन्छ । जनताको क्रयशक्तिमा केही वृद्धि भएकाले काजु र बदामको आयात वढेको अनुमान लगाउन सकिन्छ ।

नेपालमा चालू आर्थिक वर्षको चार महिनामा रु एक अर्ब १७ करोड ७९ लाख ५४ हजार मूल्य बराबरको काजु र बदाम आयात भएको छ । विभिन्न जातका काजु रु ६१ करोड ८४ लाख ३३ हजार र रु ५५ करोड ९५ लाख २१ हजारको बदाम आयात भएका हुन् ।भन्सार विभागले प्रकाशित गरेको आव ०७८/७९ को चार महिना ९कात्तिक मसान्तसम्म० को तथ्याङ्कमा नेपालीका महान् चाड विजया दशमी र तिहारलाई लक्ष गरी व्यापारीले काजु छ देश र बदाम तीन देशबाट आयात गर्दै आएका छन् ।

काजु भारत, चीन, मोजाम्बिक, नाइजेरिया, सिङ्गापुर, भियतनाम तथा  बदाम भारत, अमेरिका र अफगानस्तानबाट आयात हुँदै आएको छ ।सबैभन्दा धेरै काजु आयात हुने देशमा भारत पर्छ । त्यहाँबाट  चालू आर्थिक वर्षको चार महिनामा रु ३६ करोड ५० लाख १३ हजार खर्चेर चार लाख १७ हजार ४८४ केजी काजु आयात भएको देखिन्छ ।

दोस्रो काजु आयात हुने देशमा भियतनाम पर्छ ।  त्यहाँबाट सोही अवधिमा रु १४ करोड ५३लाख, ६६ हजार खर्चेर एक लाख ८३ हजार ५५४ केजी काजु खरिद गरिएको छ ।  धेरै काजु आयात हुने तेस्रो देशमा मोजाम्बिक पर्छ । त्यस मुलुकबाट पनि रु सात करोड तीन लाख ९७ हजार खर्चेर ८९ हजार ९०० केजी काजु खरिद गरिएको छ । यस्तै  नाइजेरीयाबाट रु तीन करोड ५१ लाख ८४ हजारमा ४५ हजार ४५२ केजी र सिङ्गापुरबाट रु नौ लाख चार हजारमा एक हजारमा १३४ केजी काजु आयात भएको छ ।

सबैभन्दा धेरै बदाम अमेरिकाबाट आयात हुँदै आएको छ । चालू आर्थिक वर्षको चार महिनामा त्यहाँबाट रु ५५करोड ७६ लाख २९ हजारमा नौ लाख नौ हजार ५६० केजी बदाम आयात भएको छ । भारतबाट रु १५ लाख ६८ हजारमा एक हजार ६३२ केजी र अफगानिस्तानबाट रु तीन लाख २४ हजारमा ५०४ केजी बदाम आयात भएको छ । सो अवधिमा काजुको आयातबाट रु १८ करोड १५ लाख चालिस हजार र बदामबाट रु १७ करोड १६ लाख ५४ हजार राजस्व सरकारलाई प्राप्त भएको छ ।नेपालमा काजु र बदाम भइ मसलाको रूपमा तिहार, अन्य चाडपर्व, विवाहलगायत शुभकार्यमा प्रयोग  हुनाका साथै सुख्खा फलफूलका रुपमा उपभोग गरिन्छ । राजाराम कार्की / रासस