१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारले कर्मचारी बोलायो भन्दैमा गृहमन्त्रीको राजीनामा मागेर संसद अवरुद्ध गर्नु लोकतन्त्रविरुद्धः काँग्रेस



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले एउटा कर्मचारीलाई अख्तियारले बोलायो भन्दैमा गृहमन्त्रीको राजीनामा मागेर संसद अबरुद्ध गर्नु लोकतन्त्रविरुद्ध भएको बताउनुभएको छ ।

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक घिमिरेले अख्तियारले कर्मचारीलाई किन बोलायो भन्नेसम्म पनि ज्ञात नभएको अवस्थामा गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको बताउनुभएको हो ।

उहाँले पुष्पकमल दाहाल नेतृत्वको सरकारका मुख्यसचिवमाथि अनुसन्धान र निलम्वन गर्दा दाहालले राजीनामा दिनुभएको थियो भन्दै प्रश्न गर्नुभयो । बोलाइएका कर्मचारीलाई न थुनामा राखेको न कुनै मुद्दा अभियोजन गरेको न त बयान लिएको भन्दै यत्तिकैमा गृहमन्त्रीको राजीनामा माग्नु सरकारलाई असफल पार्ने षडयन्त्र भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गृहमन्त्रीको राजीनमा नआएसम्म संसद चल्न सक्दैन भनेर उहाँहरुको एकोहोरो ढिपी रह्यो । हामीले के भन्यौं भने जब कसैमाथि प्रश्न उठ्छ भने प्रश्नको बारेमा जवाफ दिन सफाई दिन जतिसुकै अपराधी भएपनि पाउँछ । त्यसमाथि पनि गृहमन्त्री खासमा प्रश्न पनि उठेको छैन अहिलेसम्म । न कुनै इन्स्टिट्युसनले प्रश्न उठाएको छ । अहिले एउटा कर्मचारीलाई अख्तियारले बोलायो, त्यो पनि किन बोलायो भन्ने पनि थाहा छैन । न हिरासतमा राखेको छ, किन बोलाएको भनेर अख्तियारले प्रष्ट्याएको छ । र, १० दिनपछि फेरि आउनुस् भनेर पठाएको छ । त्यो अवस्थामा गृहमन्त्रीको एक्कासी राजीनामा मागेर संसद अबरुद्ध गर्ने काम जुन ढंगले भइरहेको छ । यो विल्कुलै संसदीय अभ्यासको खिलाफमा छ । यो संसदीय लोकतन्त्रकै खिलाफमा छ भन्ने हाम्रो बुझाइ छ । अब बजेटमा उहाँहरुले अबरुद्ध गर्नुहुन्छ कि गर्नुहुन्न यो सवैधानिक प्रक्रिया हो ।’

‘जेठ १५ गते बजेट आउनै पर्छ । यो बजेटलाई अबरुद्ध गरेर उहाँहरु संविधानको खिलाफ जानुहुन्छ कि जानुहुन्न त्यो पनि हामीलाई हेर्नुछ । त्यो हेरेपछिमात्र हामी नयाँ निर्णयमा पुग्छौं । स्मरणमात्र गराउन चाहन्छु माननीय पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा अख्तियारले मुख्यसचिवमाथि नै अनुसन्धान ग¥यो । निलम्बन पनि ग¥यो त्यतिखेर उहाँले राजिनामा दिनुभयो ? थुप्रै कर्मचारीहरुमाथि कुनै न कुनै कारबाहीहरु भैरहेका छन् अहिलेसम्म त्यस्ता कारणहरुबाट कुन मन्त्रीले राजीनमा दिएको छ ? अहिले चाहिँ अख्तियारले बोलाएर सोध्यो, त्यो पनि अख्तियारले प्रष्ट्याएको छैन कि के सोध्यो, न थुनामा राखेको छ न कुनै मुद्दा अभियोजन गरेको छ । न बयान लिएको छ । यत्तिकैमा गृहमन्त्रीको राजीनामा माग्नु निःसन्देह कुनै न कुनै षडयन्त्र भएको छ । षडयन्त्रमूलक ढंगले गृहमन्त्रीमात्र होइन सरकारलाई नै असफल पार्ने षड्यन्त्रको कडी हो भन्ने हामीले बुझेका छौं । साँच्चै कुरा गर्नुहुन्छ भने यो गृहमन्त्रीले बोल्नुपर्ने कुरा होइन । कर्मचारीहरुमाथि कारबाही नियमित रुपमा भैरहेको छ र अनुसन्धान पनि भैरहेको छ । अख्तियारले अनुसन्धानको प्रक्रियामा कसैलाई राख्यो लियो भन्दैमा मन्त्रीले राजीनमा गर्न थाल्ने हो र मन्त्रीले जवाफ दिने हो भने हरेक दिन जवाफमात्र दिइरहनुपर्छ । यो सिधै प्रतिपक्षको अर्घल्याई हो । र उहाँहरुले निहुँ खोज्नेकुरामात्र हो भन्ने हाम्रो बुझाई हो । 

उहाँले अख्तियारले अनुसन्धानको प्रक्रियामा कसैलाई सोधपुछ गर्दैमा मन्त्रीले राजीनामा र जवाफ दिने हो भने हरेक दिन जवाफमात्र दिइरहनुपर्ने अवस्था रहने स्पष्ट पार्नुभयो ।