२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी पीडितलाई देखाइयो चलचित्र ‘महाभोज’



अ+ अ-

काठमाडौँ । सहकारी संस्थाको रकम अपचलन भएको विषयलाई लिएर तयार गरिएको चलचित्र ‘महाभोज’ सहकारी पीडितलाई देखाइएको छ । सो चलचित्रको निर्माण समूहद्वारा सुन्धारास्थित एक चलचित्र भवनमा आयोजित विशेष प्रदर्शनीपछि सहकारी पीडितहरूले कथामा आफैलाई पाएको प्रतिक्रिया दिएका छन् ।

पहिलो रङ्गीन चलचित्र ‘कुमारी’ की अभिनेत्री चैत्यदेवी सिंहले चलचित्र हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वास्तविकता हेरेझैँ लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “चलचित्र हेरिरहदा वास्तविकता हेरेझैँ लाग्यो । म आफैँ पनि एक सहकारीबाट पीडित भएका कारण आवाज उठाउने, अनसन बस्ने गरेकी थिएँ । यो चलचित्रले हामीजस्ता पीडितको आवाजलाई उजागर गरेको आभाष भएको छ । मैले चलचित्र हेरिरहँदा देखाइएको पात्र र कथामा आफूलाई महसुस गरेँ ।”

अभिनेत्री सिंहझैँ अभिनेता तथा निर्देशक निश्चल बस्नेतले समसामयिक विषयलाई चलचित्रकै शैलीमा प्रस्तुत गरिएकाले दर्शकले ‘महाभोज’ हेर्दा मनोरञ्जन पनि पाउने बताउनुभयो ।

“चलचित्रमा उठाइएको विषयवस्तुलाई न्यायपूर्ण तरिकाले प्रस्तुत गरिएको छ । चलचित्र समसामयिक र गहन विषयमा भएपनि यो उत्तिकै रोचक छ । यसले आमदर्शकलाई कौतुहलता पैदा गराउँदै मनोरञ्जन दिन्छ भन्नेमा विश्वस्त छु”, निर्देशक बस्नेतले भन्नुभयो ।

सहकारीमा जीवनभर रकम बचत गरेका मानिसले रकम फिर्ता नपाउँदा जीविकोपार्जनका क्रममा भोग्नुपरेको कठिनाइलाई चलचित्र ‘महाभोज’ मा प्रस्तुत गरिएको निर्देशक दिनेश राउतले बताउनुभयो ।

“सहकारीमा भएको रकम अपचलन र त्यसले समाजमा परिरहेको प्रभावलाई बुझ्दै गएपछि यो विषयलाई चलचित्रमा उठान गर्नुपर्छ भन्ने लाग्यो र चलचित्र तयार गरेको छु । चलचित्रलाई समाजको ऐना पनि भनिन्छ, त्यसैले अहिलेको समसामयिक विषयलाई यस चलचित्रमा प्रस्तुत गरेका हौँ ।

हामी चलचित्रकर्मीको यो दायित्व पनि हो, किनकि हामीले वेथितिलाई कलाका माध्यमले उजागर गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

चलचित्रमा सहकारीको नाममा ठगिएका सर्वसाधारणको पीडा, राजनीतिक पहुँचको आडमा गरिएको दुरुपयोग र सामाजिक असमानताको कुरालाई सशक्तरूपमा उठाइएको उहाँले बताउनुभयो । निर्देशक राउतका अनुसार उक्त प्रदर्शनीमा सहकारी पीडित ६० व्यक्तिले चलचित्र हेरेका थिए ।

चलचित्रमा अभिनेता दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

विकास सुवेदीद्वारा लिखित कथा तथा पटकथामा तयार पारिएको चलचित्रलाई ‘क्लकवर्क क्रियशन’ र ‘पिक्चर फ्रेम’ले संयुक्त रूपमा निर्माण गरेको हो । उक्त चलचित्र यही जेठ १५ गतेबाट नेपालभर प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।