११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सगरमाथा देखेपछि आरोही भन्छन्: वाऊ ! इस्ट् अमेजिङ

सगरमाथा देखेपछि आरोही भन्छन्: वाऊ ! इस्ट् अमेजिङ
अ अ+ अ-

काठमाडौँ । आँखा अगाडि सेताम्मे हिम चुचुरा देख्दा चिनियाँ सगरमाथा आरोही सिओजुले आफूलाई हिमालै अङ्गालोमा बेरेझै अनुभूति भएको प्रतिक्रिया दिनुभयो । ‘वाऊ ! इट्स् अमेजिङ एभरेष्ट, आइ नेभर फर्गेट’ ( आहा ! यो अत्भूत छ, म यसलाई कहिल्यै भुल्ने छैन) जहाजको झ्यालबाट सगरमाथातर्फ नजरलगाइरहेका सिओजुले पुनः भन्नुभयो, “नेपाल साच्चिकै सुन्दर छ, यहाँको प्राकृतिक सुन्दरता र सेता हिमालले जो कोहीलाई मोहित तुल्याउँछ, जुन विश्वकै गौरवको विषय हो ।” माउन्टेन फ्लाइट जीवनकै अविष्मरणीय भएको उहाँले बताउनुभयो ।

अर्का चिनियाँ आरोही वाङसु छाले पनि हिमालय क्षेत्रको अवलोकन गर्न पाउँदा खुशीको सिमान नरहेको बताउनुभयो । “आश्चर्यजनक छ, खुशीको सीमै रहेन”, उहाँले थप्नुभयो । आफ्नो सगरमाथा आरोहणको अनुभवको जानकारी गराउँदै उहाँले नेपालतर्फबाट सगरमाथाको भूवनोट नयाँ र अनुपम लागेको प्रतिक्रिया दिनुभयो ।

नजिकैबाट सगरमाथासहितका सुन्दर हिमाल हेर्दा भारतको गुजरातका निलिस बर्टलाई निलेस् बर्टमा पनि खुसीको सीमा थिएन । सगरमाथा आरोही विद्यार्थीलाई सँगै लिएर गएका बर्टले आफ्नो वर्षौँदेखिको सगरमाथालाई नजिकबाट साक्षात्कार गर्ने सपना पूरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “असाध्यै राम्रो अनुभव भयो, मेरो वर्षौँदेखिको सपना पूरा भयो ।”

नेपालको अनुपम प्राकृतिक सुन्दरता हेर्न अफू पटक–पटक नेपाल आउने गरेको उहाँको भनाइ थियो । काठमाडौँमा मङ्गलबार आयोजना भएको ‘अन्तरराष्टिय एभरस्ट समिटर्स समिट–२०२५’ का सहभागी भारत, चीनलगायत विभिन्न मुलुकका सगरमाथा आरोहीलाई नेपालको हिमाली सौन्दर्यको अवलोकन गराइएको छ । आज बिहान पर्वतीय उडान ९माउन्टेन फ्लाइट० मार्फत उनीहरूलाई विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमालको दृश्यावलोकन गराइएको हो ।

नेपाल बिग माउन्टेनका उपाध्यक्ष सुजित रेग्मीका अनुसार बुद्ध एयरको एटीआर विमानमार्फत माउन्टे फ्लाइट गराइएको हो । भारत, चीन, बेलायत, मेक्सिकोलगायत मुलुकका ५० आरोहीले हिमाली दृश्यावलोकन गरेका हुन् ।

काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान ६ बजेर ४० मिनेटमा उडेको विमान करिब एक घण्टाको उडानपछि पुनः काठमाडौँ विमानस्थलमै अवतरण भएको थियो । लाङटाङ हिमालदेखि सगरमाथा हिमाल क्षेत्रसम्मको हिम चुचुरोको दृश्यावलोकन गरिएको थियो । निजी वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, गुण एयरलगायतले पर्वतीय उडान गर्दै आएका छन् । राजधानी काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान ७ बजे पर्वतीय उडान हुने गरेको छ । पर्वतीय उडान करिब एक घण्टाको हुन्छ । विमानस्थलबाट सुरू हुने यो उडानमा सगरमाथा, मकालु, नुप्से, गौरीशङ्करलगायत अन्य हिमशृङ्खलाको मनोरम दृश्य हेर्न सकिन्छ । अनुपम प्राकृतिक सुन्दरता भूधरातलीय स्वरूपको आकर्षणले स्वदेशी तथा विदेशीलाई मोहित तुल्याउँछ ।

पर्वतीय उडानका दौरानमा आखा अगाडि सेताम्मे हिम चुचुरा देख्दा विदेशी पाहुना मोहित भए । अजङ्गसँग फैलिएका हिमशृङ्खला आकाशबाट हेर्दा अँगालोमा बेर्न सकिनेजस्तै देखिए । बादलुको घुम्टोमाथि चाँदीझै टल्किएका सुन्दर हिमालको मनमोहक दृश्यवादन गरेर सगरमाथा आरोही फर्किए ।

बिहानीको पारिलो घाम । आकाशमा बादलको लुकामारी । चाँदीझै टल्किने हिमालले पर्वतीय उडानलाई बेग्लै रौनक थपेको थियो । नेपालमा आठ हजार मिटरभन्दा अग्ला आठ वटा हिमाल रहेका छन् । विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा विश्वभरका आरोहीको सपनाको हिमाल पनि हो । सगरमाथासहितका विभिन्न हिमाल आरोहण गर्न उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन् ।

अन्तरराष्ट्रिय सगरमाथा आराहीहरूका विशेष जमघट ‘अन्तरराष्टिय एभरेस्ट समिटस समिट–२०२५’ पहिलो पटक काठमाडौँमा आयोजना गरिएको हो । एभरेस्ट एलायन्स नेपालले आयोजना गरेको समिटमा २५ देशका ३०० भन्दा बढी अनुभवी पर्वतारोहीको सहभागिता थियो । सम्मेलनमा भारत, चीन, अमेरिका, पाकिस्तान, बेलायत, इटाली, नर्वे, इरान, सिङ्गापुर, अस्ट्रेलिया, लेबनान, मोरक्को, युएईलगायतका मुलुक सहभागी थिए ।

एभरेस्ट एलायन्स नपालका अध्यक्ष सुदर्शन नेपालले विदेशी सगरमाथा आरोहीलाई नेपालको हिमालको अनुपम सुन्दरताको दृश्यावलोकनका लागि माउन्टेन फ्लाइट गरिएको बताउनुभयो । उहाँले यो उडानमार्फत नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि यही जेठ ४ गते बहुप्रतिक्षित ‘सगरमाथा संवाद’ मा सहभागी विशिष्ट विदेशी पाहुनालाई माउन्टेन फ्लाइटमार्फत सगरमाथासहितका हिमाली सौन्दर्यको अवलोकन गराइएको थियो । अन्तरराष्ट्रिय सगरमाथा दिवसको सन्दर्भमा पछिल्लो साता नेपालमा ठूला–ठूला अन्तरराष्ट्रिय सम्मेलन भइरहेका छन् । सगरमाथा संवादलगत्तै यही जेठ ९ देखि ११ सम्म बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट आयोजना भएको थियो । यही जेठ २० देखि २२ सम्म हिमालयन ट्राभल मार्टको पाँचौँ संस्करण आयोजना हुँदैछ । नेपालमा एकपछि अर्को भइरहेका पर्यटनसम्बन्धी अन्तरराष्ट्रिय सभा सम्मेलनले नेपालको पर्यटन खासगरी साहसिक पर्यटन प्रवर्द्धनमा टेवा पुगेको नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बताउनुभयो । उहाँले स्रोत बजारमा गन्तव्य प्रवर्द्धनका लागि बोर्डले रणनीतिक कार्यक्रमका साथ अघि बढेको उल्लेख गर्नुभयो । रासस