३० असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाहले सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता नलिएसम्म विरोध जारी रहने एमालेको चेतावनी उच्च शिक्षामा १० प्रतिशत छात्रवृत्ति सुनिश्चित गर्न विश्वविद्यालयका उपकुलपतिहरूको संयुक्त पहल विवेक मण्डलको निधनप्रति गगन थापाद्वारा श्रद्धाञ्जली, सन्तानको शिक्षामा सहयोग गर्ने प्रतिबद्धता नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थप, देशभरको रगतको उपलब्धता अब एकै ठाउँबाट हेर्न सकिने गाजा शहरमा इजरायली हवाई आक्रमणः चार प्यालेस्टिनीको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आत्मदाह प्रयास गरेका विवेक मण्डलको मृत्यु कान्ति लोकपथ अस्थायी रूपमा बन्द न्युयोर्कमा ‘नेपाली–अमेरिकन व्यापार तथा लगानी सम्मेलन २०२६’ घोषणा, नेपाल–अमेरिका आर्थिक सहकार्य विस्तारमा जोड हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसा प्रकरणमा नयाँ ट्वीस्टः लेखकसँगै उपसभामुखले पनि राजीनामा दिनुपर्ने दबाब



अ+ अ-

भिजिट भिसा प्रकरणमा यतिखेर मुलुकमा राजनीतिक गतिरोध उत्पन्न भएको छ । सरकारले हिजो संसदमा चालू आर्थिक बर्षको आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम रहेकोमा विपक्षीहरुले संसद अवरोध गर्दा आजका लागि संसद बैठक राखिएको छ । आज पनि संसद बैठक के हुन्छ भन्ने सक्ने अवस्था छैन । किनभने विपक्षीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान राखिरहेका छन् ।

भिजिट भिसामा मानिस विदेश पठाउँदा सेटिङ गरेर पैसा उठाएको आरोप गृहमन्त्रीमाथि लागेको छ । यसै प्रकरणमा अध्यागमनका विमानस्थल प्रमुख तीर्थ भट्टराईलाई नियन्त्रणमा लिएर अख्तियारले सोधपुछ गरिरहेको छ ।

त्यसैले यदि गल्ती गरेको भए गल्ती गर्ने कर्मचारीलाई कारबाही होस् तर कर्मचारीले कुनै अनियमितता गर्दा मन्त्रीले किन राजीनामा दिनुपर्ने भन्ने तर्क गृहमन्त्री स्वयं लेखकको छ । नेपाली कांग्रेसले पनि सोही तर्क अघि सारेको छ भने उता प्रधानमन्त्री केपी ओलीले पनि अहिले नै यसै विषयलाई लिएर राजीनामा दिनुपर्छ भन्ने मनसाय गलत रहेको बताएका छन् ।

तर विपक्षीहरुल भने गृहमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने अडानमा छन् । उनीहरु गृहमन्त्रालयको आडमा मुलुकमा मानव तस्करी भइरहेको आरोपमा लगाइरहेका छन् । यतिखेर सरकारलाई संसद बैठक अन्त्य गर्न पाउने सुविधा पनि त्यति छैन किनभने जेठ १५ गते आगामी बर्षको बजेट ल्याउनुपर्नेछ । जसरी हिजोको आर्थिक सर्वेक्षणको कार्यसूची सरकारले अघि सार्यो त्यसरी जेठ १५ गते बजेट ल्याउने कार्यक्रमलाई पछि सार्न मिल्दैन । किनभने सरकारले प्रत्येक बर्ष जेठ १५ मा बजेट ल्याउनुपर्ने कुरा संविधानमै व्यवस्था रहेको छ ।

सरकारले संसद बैठकको अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउन त सक्छ, तर त्यो मुडमा सरकार छैन । त्यसैले भोलिका लागि बजेट पेश गर्नका लागि जसरी पनि संसद बैठक खोल्नुपर्ने बाध्यतामा सरकार छ । यसै विषयमा आज अर्काे परिस्थिति के बिकसित भएको छ भने यस्तै प्रकृतिको अभियोगमा हिजो उपसभामुख इन्दिरा रानामगर पनि विवादमा मुछिएकाले उनले पनि राजीनामा दिनुपर्ने कुरा सतहमा आएको छ ।

उपसभामुख रानामगरले पनि असम्बिन्धत कुनै व्यक्तिहरुलाई भिसा दिनका लागि आफ्नो लेटर हेडमा सिफारिश गरेर अमेरिकी दूताबासलाई चिठी लेखेकी थिइन् । उनले आफ्नो कार्यक्रमको भिसा लगाएर विदेश छोड्नका लागि ती असम्बन्धित व्यक्तिहलाई भिसाको लागि यो चिठी लेखेकी थिइन् ।

बजेटको मुखमा आएर सरकार अप्ठेरोमा परेपछि यता नेपाली कांग्रेस र उता नेकपा एमालेका बैठकहरु बसिरहेका छन् । विभिन्न तहमा बसेका बैठकहरुमा यदि यही कारणले अहिले गृहमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था विपक्षीहरुले बनाउने हो भने यस्तै प्रकृतिको विवादमा उपसभामुखले पनि राजीनामा दिनुपर्ने भन्ने विषय उठेको समाचार स्रोतले बताएका ेछ ।
एक छानबीन समिति सरकारले गठन गर्ने र यी दुवै विवादको निराकरण नहुञ्जेलसम्मका लागि गृहमन्त्री र उपसभामुख दुवैले राजीनामा दिनुपर्ने कुरा दुवै सत्तारुढ दलका बैठकहरुमा उठेको नेपाली कांग्रेसको समाचार स्रोतले बताएको छ ।

सो समाचार स्रोत भन्छ‐ केही अघि निकै विवादमा आएकी उपसभामुख रानामगरले आफै राजीनामा नदिएपछि संसदमा महाअभियोग लगाउनुपर्ने आवाज उठेको थियो । प्रधानमन्त्री ओली र उनको पार्टीले महाअभियोग लगाउनुपर्ने अडान राखेको भए पनि यता कांग्रेस सभापति महाअभियोगका पक्षमा नभएकाले त्यो सम्भव हुन सकेन । यदि अहिले अब गृहमन्त्री लेखकको राजीनामाको बटम लाइन रास्वपाले बनाउने हो भने दुवैले राजीनामा दिनुपर्ने परिस्थिति निर्माणका लागि कांग्रेस नै लाग्न सक्नेछ ।

यस विषयमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाका बीच हिजोदेखि पटक पटक कुराकानी भएको सो समाचार स्रोतले बतायो ।