१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान



अ+ अ-

काठमाडौँ । यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यस्तो पूर्वानुमान गरेको हो ।

महाशाखाका मौसमविद् डेभिड ढकालले विगतमा देशको पूर्वी भागबाट मनसुनको आगमन जेठ ३० गतेतिर हुने गरेको भए पनि यस वर्ष चाँडो हुने अनुमान गरिएको राससलाई बताउनुभयो ।

यही जेठ १३ गते भारतको आसामका केही भाग तथा भुटान र बङ्गलादेशको पूर्वी भागसम्म मनसुनको आगमन भइसकेको तथा भूउपग्रहबाट प्राप्त बादलका तस्बिर, वायुमण्डलीय तथा मौसम विश्लेषणका आधारमा जेठ १७ सम्ममा त्यो नेपाल भित्रिसक्ने उहाँले बताउनुभयो ।यो वर्ष वार्षिक सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण छ ।