१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

कजाकिस्तान प्रदर्शनबाट बिटक्वाइन नेटवर्क प्रभावित

कजाकिस्तान प्रदर्शनबाट बिटक्वाइन नेटवर्क प्रभावित
अ अ+ अ-

अल्माटी । कजाकिस्तानमा हिंसात्मक प्रदर्शनले देशको बिटक्वाइन नेटवर्कलाई ठूलो धक्का दिएको छ। इन्टरनेट सेवा बन्द भएपछि विश्वको दोस्रो ठूलो खानी केन्द्र ठप्प भएको छ । यसले विश्वव्यापी रूपमा बिटक्वाइन नेटवर्कको कम्प्युटिङ पावरमा ठूलो गिरावट आएको छ। कजाकस्तानमा भएको व्यापक विरोधका कारण बिटक्वाइनको मूल्य १० प्रतिशतले घटेको छ ।

प्रदर्शनलाई रोक्न कजाकिस्तान सरकारले देशभर इन्टरनेट सेवा बन्द गर्ने आदेश दिएको बताइएको छ । मे २०२१ मा चीनमा बिजुली महँगो भएपछि ठूलो सङ्ख्यामा बिटक्वाइन खानीहरू सस्तो बिजुलीको खोजीमा छिमेकी कजाकिस्तान गएका थिए।

चीन विश्वमा बिटक्वाइन खानीको सबैभन्दा ठूलो हब पनि हो। कजाकस्तानले अगस्टमा विश्वव्यापी ह्यास दरको १८ प्रतिशत हिस्सा ओगटेको थियो। यस मामिलामा ऊ अमेरिकाभन्दा मात्र पछि छ । विश्वव्यापी रूपमा ह्यास दर बिहीबार १४ प्रतिशतले घटेको छ ।

यसैबीच कजाकस्तानमा हिंसात्मक प्रदर्शनका क्रममा सरकारलाई ढाल्न खोजेको आरोपमा देशको आतङ्कवाद विरोधी एजेन्सीका पूर्व प्रमुखलाई पक्राउ गरिएको छ। राष्ट्रपतिले यी प्रदर्शनका लागि विदेशबाट समर्थित आतङ्कवादीहरूलाई दोष दिएका छन्। राष्ट्रिय सुरक्षा समितिले शनिबार करिम मासिमोभलाई पक्राउ गरेको घोषणा गरेको हो । मासिमोभलाई यसै हप्ता राष्ट्रपति कासिम(जोमार्ट तोकायेभले राष्ट्रिय सुरक्षा समितिको प्रमुखको पदबाट बर्खास्त गरेका थिए। अधिकारीहरूले यस हप्ता असन्तोष फैलँदा सुरक्षा अधिकारीहरूले गरेको कारबाहीमा २६ प्रदर्शनकारी र १८ प्रहरी मारिएको बताए।

गृह मन्त्रालयले शनिबार चार हजार ४०० भन्दा बढीलाई पक्राउ गरेको जनाएको छ । सन् १९९१ मा सोभियत सङ्घबाट स्वतन्त्रता पाएपछि मध्य एसियाली  मुलुक कजाकिस्तानमा भएका यो सबैभन्दा खराब प्रदर्शन हो । त्यहाँ विभिन्न प्रकारका सवारी साधन इन्धनको मूल्य झण्डै दोब्बर भएको विरोधमा देशभर विरोध प्रदर्शन भइरहेको छ । रुसी नेतृत्वको सैन्य गठबन्धनभूतपूर्व सोभियत राष्ट्रहरूको सामुहिक सुरक्षा सन्धि सङ्गठनले टोकाइभको अनुरोधमा दुई हजार ५०० शान्ति सेना कजाकिस्तान पठाउन अनुमोदन गरेको छ । शान्ति सेनामा धेरैजसो रुसी सेना रहेको जनाइएको छ । एजेन्सी