• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

कजाकिस्तान प्रदर्शनबाट बिटक्वाइन नेटवर्क प्रभावित



अल्माटी । कजाकिस्तानमा हिंसात्मक प्रदर्शनले देशको बिटक्वाइन नेटवर्कलाई ठूलो धक्का दिएको छ। इन्टरनेट सेवा बन्द भएपछि विश्वको दोस्रो ठूलो खानी केन्द्र ठप्प भएको छ । यसले विश्वव्यापी रूपमा बिटक्वाइन नेटवर्कको कम्प्युटिङ पावरमा ठूलो गिरावट आएको छ। कजाकस्तानमा भएको व्यापक विरोधका कारण बिटक्वाइनको मूल्य १० प्रतिशतले घटेको छ ।

प्रदर्शनलाई रोक्न कजाकिस्तान सरकारले देशभर इन्टरनेट सेवा बन्द गर्ने आदेश दिएको बताइएको छ । मे २०२१ मा चीनमा बिजुली महँगो भएपछि ठूलो सङ्ख्यामा बिटक्वाइन खानीहरू सस्तो बिजुलीको खोजीमा छिमेकी कजाकिस्तान गएका थिए।

चीन विश्वमा बिटक्वाइन खानीको सबैभन्दा ठूलो हब पनि हो। कजाकस्तानले अगस्टमा विश्वव्यापी ह्यास दरको १८ प्रतिशत हिस्सा ओगटेको थियो। यस मामिलामा ऊ अमेरिकाभन्दा मात्र पछि छ । विश्वव्यापी रूपमा ह्यास दर बिहीबार १४ प्रतिशतले घटेको छ ।

यसैबीच कजाकस्तानमा हिंसात्मक प्रदर्शनका क्रममा सरकारलाई ढाल्न खोजेको आरोपमा देशको आतङ्कवाद विरोधी एजेन्सीका पूर्व प्रमुखलाई पक्राउ गरिएको छ। राष्ट्रपतिले यी प्रदर्शनका लागि विदेशबाट समर्थित आतङ्कवादीहरूलाई दोष दिएका छन्। राष्ट्रिय सुरक्षा समितिले शनिबार करिम मासिमोभलाई पक्राउ गरेको घोषणा गरेको हो । मासिमोभलाई यसै हप्ता राष्ट्रपति कासिम(जोमार्ट तोकायेभले राष्ट्रिय सुरक्षा समितिको प्रमुखको पदबाट बर्खास्त गरेका थिए। अधिकारीहरूले यस हप्ता असन्तोष फैलँदा सुरक्षा अधिकारीहरूले गरेको कारबाहीमा २६ प्रदर्शनकारी र १८ प्रहरी मारिएको बताए।

गृह मन्त्रालयले शनिबार चार हजार ४०० भन्दा बढीलाई पक्राउ गरेको जनाएको छ । सन् १९९१ मा सोभियत सङ्घबाट स्वतन्त्रता पाएपछि मध्य एसियाली  मुलुक कजाकिस्तानमा भएका यो सबैभन्दा खराब प्रदर्शन हो । त्यहाँ विभिन्न प्रकारका सवारी साधन इन्धनको मूल्य झण्डै दोब्बर भएको विरोधमा देशभर विरोध प्रदर्शन भइरहेको छ । रुसी नेतृत्वको सैन्य गठबन्धनभूतपूर्व सोभियत राष्ट्रहरूको सामुहिक सुरक्षा सन्धि सङ्गठनले टोकाइभको अनुरोधमा दुई हजार ५०० शान्ति सेना कजाकिस्तान पठाउन अनुमोदन गरेको छ । शान्ति सेनामा धेरैजसो रुसी सेना रहेको जनाइएको छ । एजेन्सी