६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्र उत्सव कसैको विरोध लक्षित हैन-महासचिव पोखरेल



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीले यही जेठ १५ गते मनाउन लागिएको गणतन्त्र उत्सव कसैको विरोध लक्षित नभएको बताउनुभएको छ ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज आयोजित पार्टीका विभागका सदस्यहरुको विस्तारित भेलालाई सम्बोधन गर्दै उहाँले गणतन्त्र नेपाली जनताको सबैभन्दा ठूलो उत्सव भएकाले जनताको विजयका रुपमा मनाउन लागेको जानकारी दिनुभयो ।

“जनताको बलिदानी सङ्घर्षबाट प्राप्त लोकतन्त्र, गणतन्त्र जोगाउन जनताले यो दिन हाम्रो दिन हो भन्ने अनुभूति दिलाउन पनि एमालेले उत्सवका रुपमा झाँकीसहित मनाउन लागेको हो”, उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले गणतन्त्र–लोकतन्त्रको बारेमा विद्यालय तहको पाठ्यक्रममा राख्न  आवश्यक रहेको बताउनुभयो । उहाँले गणतन्त्रपछि जन्मिएका युवाले बलिदानीपूर्ण सङ्घर्षबाट लोकतन्त्र–गणतन्त्र स्थापना भएको हो भन्ने जानकारी दिन पनि विद्यालय शिक्षामै लोकतन्त्र र गणतन्त्रबारे पढाउनुपर्ने आवश्यकता  औँल्याउनुभयो ।

राष्ट्रिय स्वाधीनता र रक्षाका लागि सबैभन्दा लड्ने पार्टी एमाले भएका कारणसबैभन्दा बढी प्रहार एमालेमाथि नियोजित ढङ्गले भइरहेको उहाँको भनाइ छ । रासस