२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

बढ्दो कोरोना सङ्क्रमणका कारण ‘राष्ट्रिय एकता यात्रा’ स्थगित

बढ्दो कोरोना सङ्क्रमणका कारण ‘राष्ट्रिय एकता यात्रा’ स्थगित
अ अ+ अ-

काठमाडौंं । विवेकशील साझा पार्टीले पृथ्वी जयन्तीको अवसर पारेर यही पुष २७ गते देखि माघ १६ सम्म गर्ने तय भएको ‘मेची-महाकाली राष्ट्रिय एकता यात्रा’ स्थगन गरेको छ। झापादेखि कञ्चनपुरसम्मका दर्जनौँ स्थानमा अध्यक्ष रवीन्द्र मिश्रसहित उच्च नेतृत्व सहभागी भई आमसभा र अन्तरक्रिया गर्ने अन्तिम तयारी भइसकेको अवस्थामा पछिल्ला दिनमा ह्वात्तै बढेको कोरोना भाइरस सङ्क्रमणको स्थितिलाई दृष्टिगत गरी पार्टीले यात्रा स्थगन गर्ने निर्णय गरेको हो। 

पार्टीका कयौँ नेता र सदस्यहरू तीन सातासम्म सँगै लगातार यात्रा र उठबस गर्दा सबै जना सङ्क्रमित हुनसक्ने जनस्वास्थ्य विज्ञहरूको सुझाव, उपचारमा आइपर्ने ठुलो आर्थिक भार एवम् यात्राका क्रममा भेटिने सदस्य, शुभेच्छुक तथा आम नागरिकमा समेत सङ्क्रमण फैलन सक्ने जोखिमलाई गम्भीरतापूर्वक मनन गर्दै यात्रा स्थगित गरिएको हो।

निकट भविष्यमा अनुकूल समय पारेर ुमेची(महाकाली राष्ट्रिय एकता यात्रा’ गरिनेछ। नागरिकहरूका आ-आफ्ना वैचारिक दृष्टिकोण भए पनि “विचारभन्दा माथि देश” को भावना प्रवर्द्धन गर्ने, राष्ट्रिय एकता तथा देशको स्वाधीनता, शान्ति, स्थिरता, विकास र दूरगामी हितलाई सुनिश्चित गर्ने विवेकशील साझा पार्टीका एजेण्डा आम सर्वसाधारणसम्म पुर्‍याउने, पार्टीको आम नागरिकसँगको सम्बन्ध थप प्रगाढ बनाउने र जातीय, क्षेत्रीय तथा धार्मिक रूपमा बढ्दै गएको मनोवैज्ञानिक दूरी कम गर्न सघाउने मूल उद्देश्यसहित पार्टीले राष्ट्रिय एकता यात्रा गर्ने तय भएको थियो।

यात्रा स्थगित भएता पनि पुष २७ गते पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल ललितपुरसहित विभिन्न जिल्लामा  स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्दै औपचारिक कार्यक्रम आयोजना गरेर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथमा मनाउने पार्टीले निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिनुभयो ।