२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा संघ अध्यक्षमा क्षितिज थेबे विजयी



अ+ अ-

पोखरा। राष्ट्रिय युवा संघ नेपालको दशौँ महाधिवेशनबाट क्षितिज थेबे अध्यक्षमा विजयी भएका छन्। उनले आफ्ना प्रतिस्पर्धी तथा वर्तमान महासचिव सुमन पुरीलाई १८८ मतको अन्तरले पराजित गरेका हुन्।

थेबेले ७९६ मत प्राप्त गर्दा पुरीले ६०८ मत ल्याएका थिए। निर्वाचनमा कुल १,७६४ प्रतिनिधिमध्ये १,४०४ जनाले मतदान गरेका थिए। मतदानमा कोशीबाट सबैभन्दा बढी १८५ मत खसेका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओली र जनसंगठन समन्वय संयन्त्र संयोजक भानुभक्त ढकालको समर्थन पाएका थेबेले कार्यकाल दोहोर्‍याएका छन्। यसपटक युवासंघमा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको एमालेको पहिलो जनसंगठन बनेको छ।