४ भाद्र २०८३, बिहीबार
,
Latest
इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड ‘सिंहदरबारमा होइन, स्थानीय तहमा बढी छ भ्रष्टाचार’ ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’ खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका वैदेशिक सहायता राष्ट्रिय प्रणालीमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन क्यासिनोमा होटलको १० प्रतिशत सेयर अनिवार्य गर्ने व्यवस्था हटाउन हानको माग कर्णालीको विकासका लागि साझा प्रतिबद्धता आवश्यक : प्रदेश प्रमुख जोशी ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड ग्यासको कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्न सांसदहरूको माग गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा संघ अध्यक्षमा क्षितिज थेबे विजयी



अ+ अ-

पोखरा। राष्ट्रिय युवा संघ नेपालको दशौँ महाधिवेशनबाट क्षितिज थेबे अध्यक्षमा विजयी भएका छन्। उनले आफ्ना प्रतिस्पर्धी तथा वर्तमान महासचिव सुमन पुरीलाई १८८ मतको अन्तरले पराजित गरेका हुन्।

थेबेले ७९६ मत प्राप्त गर्दा पुरीले ६०८ मत ल्याएका थिए। निर्वाचनमा कुल १,७६४ प्रतिनिधिमध्ये १,४०४ जनाले मतदान गरेका थिए। मतदानमा कोशीबाट सबैभन्दा बढी १८५ मत खसेका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओली र जनसंगठन समन्वय संयन्त्र संयोजक भानुभक्त ढकालको समर्थन पाएका थेबेले कार्यकाल दोहोर्‍याएका छन्। यसपटक युवासंघमा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको एमालेको पहिलो जनसंगठन बनेको छ।