४ पुष २०८२, शुक्रबार
,
Latest
बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा एमालेमा कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा संक्रमण बढ्दै, समुदायमा नफैलिएको सरकारी अधिकारीको दाबी



अ+ अ-

काठमाडौं । राजधानी उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि समुदायमा भने नफैलिएको अधिकारीहरूले दाबी गरेका छन् । उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा २८ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना विस्तार समुदायमा भने नपुगेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेको दाबी छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मङ्गलबारको नियमित पत्रकार सम्मेलनमा उपत्यकामा थप २८ जना सङ्क्रमित थपिएको प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो पटक सङ्क्रमण देखिएकामा काठमाडौँका १४ जना, भक्तपुरका चार र ललितपुरका १० जना छन् । सोमबार उपत्यकामा ५४ जनामा कोरोना पुष्टि भएको थियो । पछिल्ला केही दिनयता देशका अन्य स्थानमा सङ्क्रमितको सङ्ख्या घटे पनि उपत्यकामा बढेको छ ।

तर, काठमाडौँ उपत्यका लगायतका कुनै पनि क्षेत्रमा कोरोना भाइरस समुदाय स्तरमा नफैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्पष्ट गरेको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. पाण्डेले कोरोना समुदाय स्तरमा नफैलिएको बताए । उनले ८७ प्रतिशत कोरोना सङ्क्रमित युवा रहेका र उनीहरू बाहिरबाट आएको जानकारी दिए ।

उनले समुदायमा कोरोना देखिएको अवस्थामा पुरुषमा मात्र नभएर महिलामा पनि उही सङ्ख्यामा कोरोना देखिने बताए । डा. पाण्डेका अनुसार हालसम्म तीन प्रतिशत मात्र कतै नगएकोमा पोजेटिभ पाइएको जानकारी दिए । तीन प्रतिशतको स्रोत विदेशबाट आएकासँग जोडिएको छ भन्दै डा। पाण्डेले थपे, “समुदायमा कोरोना फैलिएको भन्ने भ्रम फैलाउनु हुँदैन ।” हालसम्म काठमाडौँ उपत्यकामा २६७ जनामा कोरोना पोजेटिभ देखिएको छ । तिनमा १७५ काठमाडौँका, ४१ ललितपुरका र ४३ भक्तपुरका छन् । उनले उपत्यकाका १२ जनाको सङ्क्रमण स्रोत खुल्न नसकेको जानकारी दिए ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।