१९ माघ २०८१, शनिबार
,
Latest
निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा हेलिकप्टरबाट सुत्केरीको उद्धार ‘एक्टर: टेक वन’ लाई दर्शकको साथ, ३३० स्क्रिनमा प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरो पूर्वसूचना प्रणाली विकासका लागि काम शुरु



file photo
अ+ अ-

काठमाडौं । सरकारले जोखिममा आधारित पहिरो पूर्वसूचना प्रणाली विकासका लागि काम थालेको छ । यो जटिल भए पनि असम्भव भने नभएको जानकारहरूको भनाइ छ । बाढी पूर्वसूचना प्रणाली सुचारु रहे पनि पहिरोको पूर्वानुमान नहुँदा पहिल्यै जनधनको क्षति रोक्न सकिएको छैन ।

जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र भूगर्भ विभागले मिलेर असरमा आधारित पहिरो पूर्वसूचना प्रणालीको विकासले काम थालिसकेको छ । “यस वर्ष प्रयास सुरु गरौँ भनेर तीनै निकायको संयुक्त पहलमा नक्साङ्कन थालेका छौँ,” प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने । 

पोखरेलले पहिरो पूर्वानुमान त्यति सजिलो नभए पनि असम्भव नै भने नभएको बताए । त्यस क्रममा सबैभन्दा पहिले चितवनको कविलास र गोरखामा पहिरोको पूर्वानुमान गरिएको थियो । ती परियोजना अहिले बन्द छन् । देशव्यापी सञ्जालका रूपमा पहिरो पूर्वसूचना प्रणाली निर्माण गर्ने सुरुआतका क्रममा भूकम्पले थिलथिलो बनाएका १४ वटा जिल्लाका हरेक नगरपालिका र गाउँपालिकामा पहिरो जोखिम नक्साङ्कनको काम सकिएको पोखरेलले जानकारी दिए ।, आजको गोरखापत्र दैनिकमा समाचार छ ।