११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सात बुँदे मागसहित यातायात क्षेत्र संवद्ध संघसंस्थाले गरे आन्दोलनको घोषणा

सात बुँदे मागसहित यातायात क्षेत्र संवद्ध संघसंस्थाले गरे आन्दोलनको घोषणा
अ अ+ अ-

काठमाडौँ । यातायात क्षेत्र संवद्ध संघ संस्थाले सात बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेका छन् ।

यातायातसँग सम्बन्धित संघीय ऐन विपरित सातै प्रदेश सरकारले ल्याउने तयारी गरेको र गण्डकी सरकारले राजपत्रमा प्रकाशित गरी ल्याएको राइड शेयरिङको विरोधमा आन्दोलनको घोषणा गरिएको हो ।

मंगलवार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित सार्वजनिक यातायात क्षेत्रसँग सम्बन्धित ८ वटा संघसंस्थाले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले राइड शेयरिङका कारण सार्वजनिक यातायात क्षेत्र नै विस्थापित हुने अवस्थामा पुगेको बताउनुभएको छ । अध्यक्ष स्वाँरले सवारी ऐन, २०४९ संशोधनको क्रममा रहेको अवस्थामा नेपाल सरकारसँग यातायात व्यवसायी महासंघहरु र मजदुर संगठनहरुसँग विभिन्न मितिमा भएका सम्झौता र सरकारबाट गठित विभिन्न कार्यदलका सुझाव प्रतिवेदनहरु कार्यान्वयनको माग गर्नुभयो । साथै उहाँले दुर्घटना, क्षतिपूर्ति तथा उद्धार राहतका लागि दुर्घटना राहतकोषको स्थापना, विमालगायतका विषय राखेर यातायात क्षेत्र व्यवस्थित गर्न र अधिकार सम्पन्न यातायात प्राधिकरणको गठन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी किन आन्दोलनमै उत्रनु प¥यो भन्नेकुरा यहाँहरुले थाहा पाइसक्नु भयो । हामीले भन्न खोजेको कुरा के हो भने गण्डकी प्रदेशमा आगामी १६ गतेदेखि अनिश्चितकालसम्म गाडी घर ग्यारेजमा राख्ने गरि आन्दोलन शुरु भएको छ । सरकारले समानान्तर रुपले सार्वजनिक यातायात छुट्टै गठन गर्न गर्न खोजेको बुझियो । यसमा सरकार जवाफदेही भएन । किनभने चार लाख सवारी साधनमा लगभग ६५ प्रतिशत स्वरोजगार रुपमा व्यवसायी आइसकेका छन् । यसमा भएका कमी कमजोरी, दिनुपर्ने सेवा सुविधा, २१औं शताब्दीमा भएका सेवा सुविधा दिन सकिएको छैन हामीले पनि स्वीकार गरेका छौं । यसलाई हटाएर अरुलाई ल्याएर सेवा सुविधा दिन्छ भनेर कल्पना गर्नु नै गलत छ । यहाँ उपस्थित साथीहरु कुन चाहीँ ठूला घरानियाका हुनुहुन्छ । सबैले आफ्नै लगानी गरेर आफ्नै मुलुकमा कर्म गरेर खाऔं भन्दापनि कर्म गरेर खान नदिने गरेर नीति नियम ल्याउन मिल्छ ? यही हो हामीले खोजेको लोकतन्त्र ? यसमा सरकार गम्भीर हुनैपर्छ । गम्भीर हुनकै लागि सातवटै प्रदेशमा ज्ञापनहरु बुझाइसकेका छौं । केन्द्रमा प्रधानमन्त्री कार्यालयदेखि लिएर सम्पूर्ण मन्त्रालयमा हाम्रा माग सिंहदरबारभित्र पेश गरेका छौं । हामी किन यहाँहरु समक्ष आएका छौं भने हाम्रा समस्या आम नागरिकलाई सुसूचित गराउनका लागि हो । हाम्रो जिम्मेवारी पनि छ यो राष्ट्रप्रति जिम्मेवारी छ । हामी व्यवसायीमात्र हैन, हामी नाफाखोरी हैनौं, नाफाको कुरा गर्नुहुन्छ भने सबैभन्दा कम नाफा सरकारले तोकिदिएको नाफा भनेको १० प्रतिशतमात्र हो हामीलाई । भाडामा जम्मा १० प्रतिशतमात्र मुनाफा दिएको छ । अरु ब्यावसायिक घरानाले भन्दा पाँचसय प्रतिशतसम्म मुनाफा लिएको अवस्था छ । हामी संयमित भएर एउटा गरिखाने पेशामा लागिरहेको अवस्था हो । यो राज्यलाई अग्रिम कर दिने एउटामात्र उद्योग हो त्यो यातायात उद्योग हो । यो यातायात पेशा हो । राज्यप्रति पनि हाम्रा केही जिम्मेवारी छन् । हाम्रो सेवा मध्यम वर्ग र न्यून मध्यम वर्गलाई दिइरहेको सेवा हो । हामीलाई गाडी घर ग्यारेजमा राखेर केही फाइदा छैन । हामी हाम्रो गाडी चलेपछि हाम्रा चुला बल्ने हुन् । लालाबालाका स्कुलका फि तिर्ने हो । ६५ प्रतिशत स्वरोजगारको रुपमा भएको उद्योग हो यो । आजको आन्दोलन भनेको पेशागत आन्दोलनमात्र होइन । सार्वजनिक यातायातका विषयमा सरकार जबसम्म स्पष्ट हुँदैन यी किसिमका द्वन्दहरु आइरहने भो । त्यसकारण प्राइभेट नम्बर प्लेटका गाडीले सार्वजनिक सवारी साधनको जसरी काम गर्न पाइँदैन ।’

यहाँले राइड शेयरिङका नाममा प्राइभेट नम्बर प्लेटका गाडीले सार्वजनिक सवारी साधनको जसरी काम गर्न नपाउने स्पष्ट पार्नुभयो ।