१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीको राजीनामाको विपक्षीको मागबारे एमालेः ‘धान काट्ने मुसा, दोष पाउने भ्यागुता ?’



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर प्रतिपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरोध गरी असंसदीय र अराजनीतिक व्यवहार देखाएको टिप्पणी गर्नुभएको छ ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलालले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले कर्मचारीहरुमाथि विगतमा पनि धेरै अध्ययन अनुसन्धान भएको उल्लेख गर्दै अनुसन्धानको दायरमा रहेका कर्मचारीको विषयलाई जोडेर मन्त्रीको राजीनामा माग्नु उपयुक्त नहुने बताउनु भयो । कर्मचारीमाथि अनुसन्धान भइरहेको सन्दर्भमा मन्त्रीहरुलाई जवाफदेही बनाएर लैजाने प्रवृत्तिले एक दिनमा एक मन्त्रीले राजीनामा दिनुपर्ने अवस्था निर्माण हुने समेत उहाँको भनाइ छ । उहाँले प्रतिपक्षीले कर्मचारीको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा मागेर धान काट्ने मुसा दोष पाउने भ्यागुताको प्रवृत्तिमा जान खोजेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘पटक पटक सरमार बसिसकेको प्रमुख प्रतिपक्षी दलबाट एउटा कुनै कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानविन वा अनुसन्धानको प्रक्रियासँग जोडेर गृहमन्त्रीकै राजीनामा माग्ने र त्यसका लागि संसद अवरोध गर्ने जे खालको व्यवहार प्रदर्शन भयो यो असाध्यै असंसदीय, अराजनीतिक प्रक्रियाको संसदमा पुनरावृत्ति भयो । यो एकदमै दुःखद् कुरा छ । किनभने कर्मचारीहरुमाथि विगतमा धेरै अध्ययन अनुसन्धान भएका छन् । कारबाहीको तहमा पनि पुगेका छन् । हरेक कर्मचारीहरु नियन्त्रणमा रहेका, अनुसन्धानको दायरामा रहेका कर्मचारीहरुको सन्दर्भलाई जोडेर मन्त्रीहरुको राजीनामा माग्ने, मन्त्रीहरुलाई जवाफदेही बनाएर लैजाने कार्यको निरन्तरता गर्न हामीले खोजेका हौँ भने हरेक एक दिनमा एक मन्त्रीले राजीनामा दिनुपर्ने अवस्था निर्माण हुन्छ । त्यसकारण जहाँ समस्या छ त्यही हिट गरौँ । धान काट्ने मुसा दोष पाउने भ्यागुताको प्रवृत्ति ल्याएर हामी जान हुँदैन ।’

गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले मंगलवारको सभाको बैठकमा नाराबाजी गरेका थिए ।