१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री लेखकले राजीनामा दिनु नै बुद्धिमानी हुन्छः काँग्रेस सांसद शर्मा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नै बुद्धिमानी हुने टिप्पणी गर्नुभएको छ ।

मङ्गलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद शर्माले संसद्मै स्वतन्त्र छानबिनको माग उठेको उल्लेख गर्दै गृहमन्त्री लेखकले मार्ग प्रशस्त गर्नु नै बुद्धिमानी हुने बताउनु भएको हो ।

उहाँले पार्टी पदाधिकारी बैठकले गरेको निर्णय स्वागतयोग्य भएपनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने आफूहरूको तर्क कायमै रहेको जिकिर गर्नुभयो । बजेट भाषणअघि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने समेत उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘पार्टीका शीर्ष नेताहरूले गरेका निर्णयहरू हामीले स्वागत गर्नुपर्छ । यद्यपि हाम्रो व्यक्तिगत धारणाहरू हिजो जे बोलेको त्यो कायम छ । स्वतन्त्र छानबिनको विषयमा सदनमै कुरा उठिरहेको छ । मलाई लाग्छ बेलुकासम्म केही आउला । नआए दुई/चार दिनभित्र आउला किनभने १५ गते बजेट भाषण छ । बुद्धिमानी कुरा र नैतिकवान कुरा चाहीँ राजीनामा दिनु नै हुन्छ ।’

राजनीतिमा नैतिकता प्रदर्शन गर्ने कुरा स्वयं नेतामा भर पर्ने भएको कारण अहिलेको अवस्थामा गृहमन्त्रीले मार्ग प्रशस्त गर्नु नै नैतिकवान र बुद्धिमानी निर्णय हुने सांसद शर्माले दोहोर्याउनु भयो ।