१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा झिनो सुधार



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८५ अङ्कले बढेर दुई हजार छ सय ७५ दशमलव ६२ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १८ कम्पनीको एक करोड ४२ लाख ९९ हजार तीन सय ९४ कित्ता शेयर ५९ हजार छ सय ३३ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ५२ करोड ७८ लाख ३९ हजार पाँच सय ८१ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव ४०, विकास बैंक एक दशमलव ६६, जलविद्युत् शून्य दशमलव १४, उत्पादन तथा प्रशोधन शून्य दशमलव २९, म्युचुअल फन्ड शून्य दशमलव १९ र व्यापार समूह शून्य दशमलव ९५ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ । वित्त समूह शून्य दशमलव ६१, होटल तथा पर्यटन शून्य दशमलव ०९, लगानी शून्य दशमलव २६ र जीवन बीमा शून्य दशमलव ५४ प्रतिशतले घटेको छ । त्यस्तै, लघुवित्त एक दशमलव १३, निर्जीवन बीमा शून्य दशमलव ५५ र अन्य समूह शून्य दशमलव २० प्रतिशतले घटेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट बैंक लिमिलेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ०९ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनी लिमिटेडको रु ६३ करोड ५८ लाख १९ हजार बराबरको १४ लाख ३४ हजार तीन सय ४१ कित्ता शेयर किनबेच भएको छ ।