१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण समृद्धिले गति लिएनः बाबुराम भट्टराई

राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण समृद्धिले गति लिएनः बाबुराम भट्टराई
अ अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण मुलुकमा विकास र समृद्धिको अभियानले गति लिन नसकेको बताउनु भएको छ । 

अध्यक्ष भट्टराईले मुलुकमा विकास र समृद्धिको कामलाई गतिका साथ अघि बढाउन राजनीतिक नेतृत्वले विज्ञहरुको ज्ञान, सीप र अनुभवको सदूपयोग गर्नुपर्ने पनि स्पष्ट पार्नु भयो । राष्ट्रिय व्यापार संघले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कृषि, उद्योग र सेवाका क्षेत्रको उचित सन्तुलन मिलाउने र छिमेकीहरुमा आएको परिवर्तनलाई आत्मासात गरेर राजनीतिक नेतृत्व अघि बढे मुलुकमा छिटोभन्दा छिटो विकास र समृद्धि हुने तर्क गर्नु भयो । 

अध्यक्ष भट्टराईले व्यूरोक्रेसीमा मुलुकलाई समृद्ध बनाउने जनशक्ति भएको उल्लेख गर्दै त्यसलाई परिचालन गरेर अघि बढन पनि राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले अर्थतन्त्रको विकासका लागि व्यवसायीहरुले पनि मुलुकलाई समृद्ध बनाउने अभियानमा जोड दिनुपर्ने खाँचो औंल्याउनु भयो । भट्टराईले भन्नु भयो,  ‘हामी कहाँ बडो उदेक लाग्दो कुरा के छ भने आफनो देशको विकासका जुन सापेक्षता छ । छरछिमेकमा आएको जुन परिवर्तन छ । अन्तराष्ट्रिय परिस्थिति जुन छ । त्यसलाई आँकलन गरेर अर्थतन्त्रको क्षेत्रहरुबीचमा कसरी सन्तुलन मिलाउने र हाम्रो तुलनात्मक लाभ, प्रतिस्पर्धी लाभ कुन हो ? छुट्टयाएर अघि बढने कुरामा जानुपर्ने । 

सिद्धान्ततः सबैले भन्छन । तपाईहरुले त भन्नु हुन्छ । मेरो संकेत कता छ भने राज्यको नेतृत्व गर्ने भने राजनीतिले हो । राजनीति भनेको राजनीतिक दल र तीनका नेताले गर्ने हो । तर हाम्रो समस्या के हुन्छ भने हामी उही साउनका आँखा फुटेको गोरु सधैं हरियो देख्छ भनेर हिजो आन्दोलन ग¥यौं हामीले सात सालदेखि । राणतन्त्र फ्याँक्यौं । पछि पञ्चायत फ्याँक्यौं । पछि राजतन्त्र फ्याक्ने संघर्षहरु ग¥यौं । र अहिले हामी नयाँ चरणमा प्रवेश गरिसक्यौं । तर मेरो समकक्षी साथीहरुप्रति मलाई बडो दिक्क लाग्छ । परिस्थिति फेरिई सक्यो । 

एजेन्डा फेरि सके । छिमेक फेरिई सक्यो । तर यति बेलाको हाम्रो मुख्य कार्यभार भनेको चाँही छिटोभन्दा छिटो विकास र समृद्धि नै ल्याउने हो । तर यसमा हुँदाहुँदै थगो त सबैले थाल्नु भो, समृद्धि समृद्धि । तर त्यो समृद्धि हो के ? आउँछ कसरी ? भनेर मात्रै आउँछ कि ? त्यसपछि त्यसका खास नियमहरु बुझ्नु पर्छ ? अर्थतन्त्रका विभिन्न क्षेत्रहरुको सन्तुलन मिलाउनु पर्छ भन्ने कुरा मुख्य नेतृत्वले नबुझेपछि अव हाम्रो कृष्णहरि जस्ता अत्यन्तै सक्षम मानिसहरु हुनुहुन्छ । अर्थ मन्त्रालयमा म छदाँखेरी आएको परिणाम मेरो कारण मात्र नभई मैले त उहाँहरुलाई हौसला दिएको मात्रै हो । 

व्यूरोक्रेसीमा क्षमतावान मानिसहरु हुनुहुन्छ । तर राजनीतिक नेतृत्ले चाँही आफूले जान्ने पल्टिने सबै क्षेत्रमा जानेको छु भन्ने र अनि बिगार्ने होइन । कसले जानेको छ, त्यो बुझ्ने र जानेको मान्छेलाई त्यो परिणाम ल्याउनुस भन्ने हो । र त्यो भनेको अहिलेको नेपालमा विकास र समृद्धिको जुन कुराहरु छन । त्यो भनेको कृषि, उद्योग र सेवाका क्षेत्रहरुको उचित सन्तुलन मिलाउने र र अहिले पनि जुन निर्वाहमुखि कृषिको बाहुल्यता छ । मुलुकमा विकास र समृद्धि ल्याउने हो भने गफ हाँकेर होईन, गुड्डी हाँकेर होईन । विज्ञहरुसँग ज्ञान, सिप र अनुभव सदुपयोग गरेर अगाडि लैजान सक्ने हो भने देश समृद्ध बन्न सक्छ । त्यसैले मुख्य कुरा भनेको राजनीतिक नेतृत्वको दृष्टिदोषले समस्या भईराखेको छ ।’

अध्यक्ष भट्टराईले मुलुकबाट गरिवी निवारण नभई व्यापार व्यवसाय फष्टाउन नसक्नेतर्फ पनि उद्योगी, व्यवसायीहरुले ध्यान दिनुपर्ने बताउनु भयो ।