९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

वी लभ यू फाउन्डेसनद्वारा गम्भीर समुन्द्र सेतु उमाविमा खानेपानी शुद्धीकरण उपकरण हस्तान्तरण

वी लभ यू फाउन्डेसनद्वारा गम्भीर समुन्द्र सेतु उमाविमा खानेपानी शुद्धीकरण उपकरण हस्तान्तरण
अ अ+ अ-

ललितपुर । अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा महालक्ष्मी नगरपालिका– २ स्थित श्री गम्भीर समुन्द्र सेतु उच्च माध्यमिक विद्यालयमा उच्चस्तरको पानी शुद्धीकरण उपकरण हस्तान्तरण गरेको छ ।

महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरि गोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतमा सम्पन्न उक्त कार्यक्रममा महालक्ष्मी नगरपालिकाका उप नगरप्रमुख लक्ष्मी महर्जन, गम्भीर समुन्द्र सेतु उच्च माध्यमिक विद्यालयकी प्रधानाध्यापिका निरा कुमारी श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार के.सी लगायत व्यक्तित्वहरूको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नगर प्रमुख श्रेष्ठले उच्चस्तरीय प्रविधिबाट प्रशोधन भएको शुद्ध पानी पिएर विद्यालयका शिक्षक-शिक्षिका लगायत विद्यार्थीहरूले स्वस्थ जीवन जिउन सक्ने बताउनुभयो । यस्तै, उपप्रमुख महर्जनले विशेष गरी विपन्न वर्गका परिवारका बाल-बच्चाहरू पढ्ने यस सामुदायिक विद्यालयमा यस किसिमको सहयोगद्वारा धेरै प्रेरणा मिलेको बताउनुभयो ।

त्यसैगरी, विद्यालयकी प्रधानाध्यापिका निरा कुमारी श्रेष्ठले बाढीले क्षतिग्रस्त विद्यालयमा सरकार अनि अन्य संघ संस्थाबाट पनि कुनै सहयोग नपाइरहेको अवस्थामा यो संस्थाले गरेको कार्यद्वारा ठूलो राहत मिलेको बताउनुभयो ।

वी लभ यू फाउन्डेसन, नेपालका अध्यक्ष किशोर साम्सोहाङले वी लभ यू फाउन्डेसन आमाको मनद्वारा कार्य गर्ने संस्था रहेको बताउदै जसरी आमाको मन दिने मात्र हुन्छ त्यस्तै मनले विद्यालयका विद्यार्थीहरू स्वच्छ र शुद्ध खानेपानी पिउनबाट वञ्चित नहोस् भन्ने हेतुले पानी शुद्धीकरण उपकरणलाई पहिलो प्राथमिकतामा राखेर हस्तान्तरण गरिएको बताउनुभयो ।

गत २०८१ सालको असोज महिनामा आएको बाढीले विद्यालय परिसरमा भौतिक क्षति पुर्‍याउँदा विद्यालयमा विभिन्न कुराहरूको पुनर्निर्माण आवश्यक परिरहेको अवस्थामा विद्यार्थीहरू स्वच्छ र शुद्ध खानेपानी पिउनबाट वञ्चित हुँदैआएका थिए । यो उच्चस्तरको पानी शुद्धीकरण उपकरण जडान भएपछि विद्यालयमा अध्ययनरत करीब १,५०० विद्यार्थीहरू लाभान्वित हुने भएका छन् ।

वी लभ यू फाउन्डेसनले यसअघि काठमाडौको चन्द्रागिरी नगरपालिकामा अवस्थित महादेवथानको पार्कमा ‘आमाको उद्यान वातावरण संरक्षण प्रोजेक्टअन्तर्गत २५० वटा रूखका विरूवाहरू रोप्ने कार्य पनि सम्पन्न गरेको थियो । यसैगरी, यही वर्ष देशभरि भएको रक्त अभावलाई परिपू्र्ति गर्न सातै प्रदेशमा रक्तदान कार्यक्रम समेत गरेको थियो ।

वी लभ यू फाउन्डेसन यूएनडिजिसीसँग सहकार्य गर्ने एक गैरसरकारी संस्था हो । यसका ७९ वटा देशका १,५५,००० जना सदस्यहरूले ‘आमाको प्रेम सारा संसारमा’ भन्ने नाराअन्तर्गत विश्वभरि मानवीय गतिविधिहरू गर्दै आएका छन् । वीलभयूले वातावरण संरक्षण, आपत्कालीन राहत, खानेपानी तथा सरसफाइ, गरिबी तथा भोक उन्मूलन, स्वास्थ्य तथा कल्याण, सामुदायिक कल्याण, शैक्षिक सहयोग जस्ता विविध गतिविधिहरू करीब ४,५०० पटक आयोजना गरिसकेको छ ।

सो कार्यको सम्मानस्वरूप, वीलभयूले कोरियाली सम्मान पदक, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, इक्वेडोरको राष्ट्रिय सभा पदक र कम्बोडियाको राजकीय पदक जस्ता थुप्रै अवार्डहरू विश्वभरिबाट प्राप्त गरेको छ ।