९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

लिस्तुनखोलामा झोलुङ्गे पुल निर्माण

लिस्तुनखोलामा झोलुङ्गे पुल निर्माण
अ अ+ अ-

पर्वत । पर्वतको मोदी गाउँपालिकाका दुई वडालाई जोड्न लिस्तुनखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । गाउँपालिका–४ क्याङ र वडा नं ५ बाजुङ जोड्नका लागि दुवै वडाको सिमानामा रहेको लिस्तुनखोलामा झोलुङ्गे पुल बनाइएको हो ।

मोदी गाउँपालिकाको रु पाँच लाख ४२ हजार ३५० र एसडब्लुएपी (स्वाप)को रु ३५ लाख ४६ हजार १३८ तथा उपभोक्ताको श्रमदान रु ८३ हजार ४३८ गरी कुल रु ४१ लाख ७१ हजार ९२७ को लागतमा पुल निर्माण भएको हो ।

पुलको लम्बाइ ७० मिटर लामो रहेको छ । स्वाप कार्यक्रम नेपालको सहयोगमा बनेको पुल निर्माणका लागि पर्वतको खुर्कोट युवा क्लबले प्राविधिक सहयोग गरेको थियो । छ महिनामै पुल निर्माणसम्पन्न गरेर सोमबारदेखि सञ्चालन गरिएको मोदी गाउँपालिकाले जनाएको छ ।

पुल निर्माणपछि बाजुङ र क्याङका बासिन्दालाई आवतजावतमा सहज भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष चामबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै वडाका हजारौँ बासिन्दाका साथै पर्यटकीय गाउँ लेसपार हुँदै हप्पाल, माटेको लेक, मोहोरेडाँडा, पुनहिल जाने पर्यटकका लागिसमेत सहज भएको छ ।

पुल नुहँदा यहाँका स्थानीयले हिउँदमा अस्थायी फड्के राखेर खोला तर्दै आएका थिए तापनि बर्खायाममा दुवैतर्फका आवतजावत ठप्प बनेको थियो । अब भने बाह्रैमास खोला वारपार गर्न सहज भएको अध्यक्ष पुनले जानकारी दिनुभयो ।

यसैबीच निर्माणसम्पन्न भएको झोलुङ्गे पुलको सोमबार मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले उद्घाटन गर्नुभएको छ । पुल उद्घाटन गर्दै शर्मा खोला वारपार गर्न वर्षौंदेखि समस्या खेप्दै आएका बाजुङ र क्याङका बासिन्दालाई यो पुलले राहत मिलेको बताउनुभयो । सडक मार्गको पहुँच पुग्न नसकेको यहाँका बासिन्दालाई सुविधा पुर्‍याउनका लागि झोलुङ्गे पुल निर्माण गर्न सहयोग गर्न स्वाप कार्यक्रम नेपाललाई धन्यवाद दिँदै नागरिकले असहज महसुस गरेका अन्य खोलानालामा पनि पुल निर्माण कार्यलाई अघि बढाइने उहाँको भनाइ छ ।

पुल निर्माण उपभोक्ता समितिका सचिव तीर्थबहादुर पुनले पुल निर्माणपछि कृषकलाई बर्खायाममा घाँसदाउरा ओसार्न, गाईवस्तुलाई खोला तार्न र यस पदमार्ग हुँदै पर्यटकीयस्थलहरूमा जाने पर्यटकका लागि हिँड्डुलमा सहज भएको बताउनुभयो । उहाँले सडक सुविधाबाट वञ्चित आफ्नो गाउँमा पुलले ठूलो राहत मिलेको बताउनुभयो ।