८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा हुमागाईं नियुक्त

विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा हुमागाईं नियुक्त
अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद्ले विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख ५ गते सार्वजनिक सूचना प्रकाशित गरी आवेदन माग गरेकोमा सवै प्रतिस्पर्धीलाई पछि पार्दै हुमागाईं उक्त पदमा पुन: नियुक्त हुनुभएको हो । यसअघि पनि हुमागाईंले उक्त बोर्डको चार वर्ष नेतृत्व सम्हालीसक्नुभएको छ ।

आमसञ्चार माध्यम, वाह्य विज्ञापन (होर्डिंङ्ग बोर्ड मार्फत), सामाजिक सञ्जालबाट हुने विज्ञापनका साथै सभा समारोह, चलचित्र घर, मेला महोत्सवमा हुने विज्ञापनको अनुगमन तथा नियमन गर्न सरकारले २०७८ सालमा विज्ञापन बोर्डको गठन गरेको थियो । व्यावसायिक कार्य योजना, प्रस्तुतीकरण तथा अन्तरवार्तामा उच्च अंक प्राप्त गर्ने तीनजनाको नाम सिफारिश समितिले मन्त्रिपरिषद्मा पेश गरेको थियो । जसमा सर्वोत्कृष्ट अंक ल्याउन सफल हुमागाईंलाई नियुक्ति गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ्गले जानकारी दिनुभयो ।

यसअघि सार्वजनिक संस्थान निर्देशन बोर्डले लिएको खुल्ला प्रतिस्पर्धामा नेपाल टेलिभिजनको महाप्रबन्धक बनेका हुमागाईंले २०७७ सालमा विज्ञापन बोर्डको अध्यक्षको लागि भएको प्रतिस्पर्धामा समेत सबै प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्ष नियुक्त हुनुभएको थियो । विज्ञापन बोर्डको अध्यक्षको रुपमा २०७७ साल चैत २० गते बोर्डको नेतृत्व सम्हालेका हुमागाईंले ४ वर्षमा विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ मा संशोधन गरी सञ्चार माध्यमको विलको आधारमा मात्र विज्ञापन एजेन्सीलाई विज्ञापनको रकम भुक्तानी गर्नु पर्ने ब्यवस्था मिलाउनुभएको थियो । जसका कारण विज्ञापन बजारमा रहेको चुहावट रोक्न उनले गरेको प्रयास निकै सफल रहेको मानिन्छ ।

उहाँले विज्ञापन उत्पादन वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ जारी गरी नेपालमा पहिलो पटक विज्ञापन आचारसंहितालाई कार्यान्वयनमा ल्याउनुभएको थियो । विज्ञापनको नियमनमा तीनै तहको सरकारको सहभागीताका लागि विज्ञापनको प्रदेश निर्देशिका, २०८१ तथा स्थानीय तहको विज्ञापन ऐन, २०८१ को नमुना तयार गरी सातवटै प्रदेश तथा ७ सय ५३ वटै पालिकामा पठाउनुभएको थियो । होर्डिंङ्ग बोर्डमार्फत् हुने विज्ञापनमा करिव ३० अर्ब रुपैयाँ राजस्व गुमेको भन्दै हुमागाईंले अघिल्लो कार्यकालमा होर्डिंङ्ग बोर्डमा हुने विज्ञापनको अनुमति तथा राजश्व संकलन स्थानीय तह स्वयमले गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

सामाजिक सञ्जालमा हुने विज्ञापनको विदेशी मुद्रा सटहिको सिफारिश नगरी कानुन नबनाई त्यस्तो सिफारिश नगर्ने अडानका कारण मुलुकबाट अर्वौको विदेशी मुद्रा अपचलन रोक्न हुमागाईंले महत्वपूर्ण भूमिका खेलेको विज्ञापन ब्यवसायमा संलग्न ब्यक्ति बताउँछन् । विज्ञापनरहित नीतिका मस्यौदाकार समेत रहेका हुमागाईं यस क्षेत्रका विज्ञमात्र नभई स्वदेशी सञ्चार माध्यम जोगाउनुपर्छ भन्ने पक्षमा वकालत गर्दै आउनुभएको छ ।

जनस्वास्थ्य ऐन, २०७५ मा मदिराको विज्ञापनमा लगाईएको प्रतिबन्ध नेपालको पक्षमा नरहेको जिकिर गर्ने हुमागाईंकै कार्यकालमा नेपालमा मदिराको विज्ञापनमा रोक लगाइएको थियो । व्यक्तिगत रुपमा यो कानुनको विपक्षमा रहे पनि कानुन मान्नुपर्ने र कार्यान्वयन गर्ने स्थानमा बसेपछि कार्यान्वयन गराउनुपर्ने दायित्व आफूमा रहेको हुमागाईंले बताउँदै आउनुभएको छ ।

सञ्चार क्षेत्रमा करिव २७ वर्ष विताएका हुमागाईंले नेपाल टेलिभिजनको अतिरिक्त, जनता टेलिभिजन तथा ईमेज च्यानलको समेत नेतृत्व गरिसक्नुभएको छ । आमसञ्चार तथा पत्रकारिता र जन प्रशासनमा स्नातकोत्तर, पत्रकारिता तथा आमसञ्चारमा दर्शनाचार्य गरेका उहाँले विज्ञापन नियमनकै विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरिरहनुभएको छ ।

विज्ञापन बजार खस्किएको र सञ्चार माध्यमको संख्यामा वृद्धि भइरहेको बेला बोर्डको कार्यकारी अध्यक्ष बन्न पुगेका हुमागाईंको आगामी चार बर्षमा विज्ञापन बजारको विकास विस्तारका साथै ब्यवस्थित बनाउन कस्तो भुमिका खेल्न सक्नुहुन्छ त्यो भने चासोका साथ हेरिएको छ ।