काठमाडौँ । गृहमन्त्री रमेश लेखकको राजिनामा माग गर्दै प्रतिपक्षले संसद अवरोध गरेका छन् ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भिजिट भिसाको नाममा विमानस्थलमा असुली राजनीतिक संरक्षणबिना सम्भव नहुने बताए । उनले यो सामान्य भ्रष्टाचारको घटना मात्रै नभई संगठित मानव तस्करीसँग जोडिएको आरोप लगाए ।
अख्तियारले मुख्य आरोपित भनेको तीर्थ भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्यहाँ पठाइएको र गृहमन्त्रीको सचिवालय यो घटनामा प्रत्यक्ष जोडिएकोले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानलाई सघाउन आग्रह गरे । त्यो नहुँदासम्म सदनको कारबाही अघि बढाउन नदिने बताए ।
यस्तै रास्वपाका सांसद शिशिर खनालले पनि गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने बताए ।
तस्बिरः किरणराज विष्ट/रासस










