९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा माओको समाधिस्थलमा श्रद्धाञ्जली



अ+ अ-

काठमाडौं । चीन भ्रमणमा रहनु भएका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका नेता स्वर्गीय माओत्सेतुङको समाधिस्थलमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

चीनको औपचारिक भ्रमणमा रहनु भएका पूर्वराष्ट्रपति भण्डारीले तियानमेन स्क्वायर पुगेर माओ त्सेतुङको समाधिस्थलमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारी त्यहाँ पुग्दा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख ल्यु च्यानशाओ उहाँलाई स्वागत गर्नुभएको थियो । समारोहमा चिनियाँ उच्च अधिकारीहरू सहित नेपाली प्रतिनिधी मण्डलको उपस्थिती रहेको थियो ।

नेपाली प्रतिनिधि मण्डलले १० लाख मानिसको सहभागितामा १४ बर्षको समय लगाएर बनेको फरविडन सिटीको अवलोकन पनि गरेको टोलीमा सहभागी एमाले नेता कर्णबहादुर थापाले जानकारी दिनुभयो ।