१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोग्बा अझै एक महिना मैदान बाहिर रहने



अ+ अ-

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बाको भट्टै मैदान नफर्किने भएका छन् । 

युनाईटेडका अन्तरिम प्रशिक्षक राल्फ रागनिकले पोग्बा अझै एक महिना मैदान बाहिर रहने जनाएका हुन् । 

ग्रोईन इन्जुरीको कारण मैदान बाहिर रहँदै आएका उनले गत नोभेम्बरमा चोट बोकेका थिए । 

फ्रान्सको राष्ट्रिय टिमको प्रशिक्षण दौरान पोग्बाले चोट बोकेका हुन् ।

पोग्बाले यस सिजन १३ खेल खेलेका छन् । पोग्बाको युनाइटेडसँगको सम्झौता जुनमा सकिँदैछ ।