१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा पुस्तालाई विदेश पठाएर मुलुकको अर्थतन्त्र अघि बढ्दैनः मन्त्री पन्त



अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले युवा पुस्तालाई विदेश पठाएर मुलुकको अर्थतन्त्र अघि बढ्न नसक्ने बताउनुभएको छ ।

सोमवार नेपाली काँग्रेस शिक्षा विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहँँले युवालाई विदेश पठाएर शिक्षा क्षेत्र अघि बढ्न नसक्ने बताउनु भयो । उहाँले अहिलेको शिक्षाको स्थितिलाई कसरी सम्बोधन गर्ने ? भन्नेबारे सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले बुद्धिजीविहरुलाई राजनीतिक दलहरुको चाकरी नगर्न आग्रह गर्नुभयो । भिसी बनिदिनुस् भनेर मन्त्री र प्रधानमन्त्री आउने परिस्थिति निर्माण गर्न आग्रह गर्नुभयो ।

मन्त्री पन्तले भन्नुभयो, ‘युवा पुस्तालाई विदेश पठाएर न मुलुकको अर्थतन्त्र अघि बढ्छ । न मुलुकको शिक्षा क्षेत्र अगाडि बढ्छ । त्यसैले मुल कुरा भनेको यसलाई आज सम्बोधन कसरी गर्ने ? मैले यही मोडालिटी खोजेँ । मलाई सबैभन्दा बढी हेर्न मन लागेको चाइनिज, इण्डियन, अमेरिकी, ब्रिटिश र बंगलादेशको पनि हेरेँ । मैले शुरुदेखि कुनकुन मोडालिटीमा गएका रहेछन् भनेर डकुमेण्ट नै बनाउन लगाएँ । हामीले यहँँ प्राइभेट लगानी बन्द गरेर जानसक्छौँ ? बुद्धिजीवि साथीहरु, प्राज्ञहरु घाँस नखानुहोस् । घाँस खान खोज्ने हो भने राजनीतिज्ञहरुले घाँसै खुवाएर राख्छन् । घाँस नखाने अठोट हामीले गर्ने हो । बुद्धिजीवले गर्ने हो । डिन, रेक्टर चाहिन्छ भने दौडधुप गर्न थालेर लौ न बनाइदेउ भनेपछि उनीहरुले के खोज्छन् । लौ न सर भिसी बनिदिनुस् भनेर मन्त्री र प्रधानमन्त्री तपाईंको आउने परिस्थिति निर्माण गर्नुस् न ।’

मन्त्री पन्तले नेपाललाई शिक्षा क्षेत्रमा अघि बढाउन सबै मिलेर काम गर्नुपर्ने बताउनु भयो ।